बैदेशिक रोजगारलार्ई मर्यादित बनाउन सघाउन मन्त्रीको आग्रह 

काठमाडौं- श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का महानिर्देशक गाई राईडरलाई आग्रह गरेका छन् । 

नेपालमा वर्षमा पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने तर रोजगारीका लागि पर्याप्त अवसर नहुँदा विदेशिन बाध्य भएको बताउँदै वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन आइएलओको थप सहयोगका लागि मन्त्री गुरुङले आग्रह गरेका हुन् । 

नेपाल भ्रमणमा रहेको महासचिव राईडरसँगको भेटमा मन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन् । भेटमा श्रमसम्बन्धी अन्तर्राष्ट्रिय विषयमा साझा धारणा बनाउने सहमति भएको बताइएको छ ।

महानिर्देशक गाई राईडरले श्रमलाई सुरक्षित र मर्यादित बनाउन नेपालले चाल्दै आएको कदमप्रति सराहना व्यक्त गर्दै त्यसमा आइएलओको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । वैदेशिक रोजगारीलाई सुरक्षित गराउन गन्तव्य मुलुकसँग श्रम सम्झौतालाई नेपालले प्राथमिकता दिनुपर्ने उनले सुझाव दिए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: