विदेशमा मृत्यु हुँदा क्षतिपूर्ति पाउनै कठिन  

 

काठमाडौं, मंसीर २९ 

बैदेशिक रोेजगारमा गएर मृत्यु भएका व्यक्तिका परिवारले गन्तव्य मुलुकबाट क्षतिपूर्ति पाउनै कठिन देखिएको छ । बैदेशिक रोजगारका पीडितहरुलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) मा दर्ता भएका निवेदनका आधारमा यस्तो तथ्याँक देखिएको हो । 

बैदेशिक रोजगारमा जाने कामदारको मृत्यु र परिवारलाई सहयोग सम्वन्धमा छलफल गर्न पिएनसीसीद्धारा आयोजित कार्यक्रममा पिएनसीसीका परियोजना संयोजक संजय चौधरीले प्राप्त तथ्याँकको विश्लेषण प्रस्तुत गरे । सन् २०१५ जनवरी देखि २०१६ जुलाईबीचमा पिएनसीसीमा प्राप्त ३ सय ५ निवेदन मध्ये २ सय १४ जनाले गन्तव्य मुलुकबाट क्षतिपूर्ति नपाएको चौधरीले बताए । उनका अनुसार केवल २ जनाले मात्र गन्तव्य मुलुबाट क्षतिपूर्ति पाएका छन् । त्यसमध्ये ८९ जनाको प्रकृयामा रहेको जनाइएको छ ।

सो अवशरमा बोल्दै कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्रराज भण्डारीले चाँडै नैै अनलाइन मार्फत क्षतिपूर्तिको निवेदन दिने व्यवस्था मिलाइने बताए । उनले यसले पीडितलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसैगरी विभाग मार्फत द्रुत उद्धार संयन्त्र परिचालन र उद्धारका लागि फोन सेवा पनि दिइने जानकारी गराउनुभयो । 

सुरक्षित आप्रवासन(सामी) परियोजनाकी कार्यक्रम अधिकृत रोनी प्रधानले एउटा संस्थामा यति धेरै घटना दर्ता हुनुले यो समस्या जटिल रहेको संकेत गरेको धारणा राखिन् । उनले कमाउने उमेरको व्यक्तिको मृत्युले सिंगो परिवारलाई आर्थिक रुपमा समेत धारासायी बनाउने भन्दै यो चिन्ताजनक भएको बताइन् । 

पिएनसीसीका महासचिव सोमप्रसाद लामिछानेले आफ्नो संस्था निर्णय गर्ने निकाय नभई समन्वयकारी निकाय मात्र भएको भन्दै आफूहरुले सकेसम्म बढी सेवा दिने प्रयत्न गरिरहेको बताए । उनले पीडितको कागजात हेरेर आफूहरुले सल्लाह दिने र आवश्यक सेवा, परामर्श दिने गरेको भन्दै कागजातविहिनहरुको सन्दर्भमा क्षतिपूर्ति पाउन कठिन हुने कुरा सुरुमै बताउने गरिएको बताए । 

पिएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले कामदारको मृत्युलाई क मगर्न जनचेतनामूलक काम गर्नुपर्नेमा जोड दिए । विदेशमा कतिपय घटनामा वकिल राखेर मुद्धा लडेर क्षतिपूर्तिका लागि कानूनी लडाई लड्नु पर्ने भन्दै त्यसका लागि लामो समय लाग्ने बताए । 

कार्यक्रममा झापा, धनुषा, कास्की लगायतका जिल्लाबाट आएका पीडितहरुले आफ्ना समस्या राखेका थिए । उनीहरुका समस्या सकेसम्म तत्काल समाधान गर्ने प्रतिवद्धता कन्सुलर सेवा विभागका महानिर्देशक भण्डारीले प्रतिवद्धता जनाए । 

बैदेशिक रोजगारका पीडितको उद्धारमा विशेष रुपमा कृयाशिल पिएनसीसीले पीडित कामदारको उद्धार र क्षतिपूर्तिका लागि सहयोग, आवास गृह सेवा, सुरक्षित बैदेशिक रोजगार सम्वन्धि सचेतिकरण, पैरवी, प्रचारप्रसार तथा सुचना प्रवाह तथा पुनएकिकरणको काममा सहयोग गर्दै आएको छ । 

बैदेशिक रोजगार सम्वन्धि भिडियो हेर्नुहोस्    

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय