रञ्जना लम्साल, नवलपरासी, मंसीर २८
रोजगारीका लागि साउदी अरव पुगेका १ सय १६ जना नेपालीले आफूहरुको उद्धार गरिदिन अपिल गरेका छन् । उनीहरुले आफ्नो पुरानो रोजगारदाताले काम दिन नसकेपछि आफूहरु बाध्य भएर अर्को कम्पनीमा काम गर्न थालेको तर आफूहरु नेपाल फर्किन चाहेको बताएका छन् ।
साउदीको टर्वअरेविया कम्पनीमा रोजगारीका लागि गएका उनीहरुलाई कम्पनीले ६ महिना अगाडी रोजगारी दिन नसकेपछि उनीहरु अर्कै कम्पनीमा काम गरिरहेका छन् । यसबीचमा आफूहरुलाई नेपाल फर्काइदिन आग्रह गर्दै दुतावास गएपनि आफूहरुको मागको कुर्नै सुनुवाई नभएको पीडितको गुनासो छ ।
समस्यामा परेका नवलपरासीका पर्सौनी १ का राजु विकका आफन्त सुरज सुनारले विक सहितका नेपालीको उद्धार गरिदिन सुरक्षित आप्रवासन, सुचना तथा परामर्श केन्द्र, कावासोतीमा निवेदन दिएका छन् । सुनारका अनुसार राजु लगायतका नेपालीहरुसँग पासपोर्ट समेत छैन । पासपोर्ट पुरानो रोजगारदातासँग रहेको र उनले रोजगारी पनि दिन नसकेको र पासपोर्ट फिर्ता दिन पनि नमानेका कारण समस्या भएको हो ।
सहयोगका लागि दुतावास जाँदा कम्पनीले सहयोग नगरेसम्म स्वदेश फर्काउन नसकिने भन्दै आफूहरुलाई फर्काइदिएको राजुले अपिल गरेका छन् । उनीहरु मध्ये ६ जना ह्वाईट पर्ल म्यानपावर कम्पनी मार्फत साउदी गएका हुन् भनें बाँकी गोल्डेन ईगल म्यानपावर कम्पनी मार्फत गएका हुन् ।
यो पनि पढ्नुहोस्
युएईमा सराहनिय काम, सहयोगका लागि सदैव तत्पर राम