चार महिनामा सवा लाख नेपाली रोजगारीका लागि विदेशिए 

काठमाडौँ, मंसीर २७

स्वदेशमा रोजगारीको अभाव भएपछि चालु आर्थिक वर्षको चार महिनामा एक लाख २५ हजार सात सय ८१ जना युवा रोजगारीका लागि विदेशिएका छन् । देशभित्रै रोजगारीको अभाव, पाएको रोजगारी पनि दीगो नहुने, उद्योग कारखाना नखुल्ने र राजनीतिक अस्थिरता आदि समस्याका कारण शिक्षित युवाहरु पनि खाडी र मलेसिया जाने  क्रम तीब्र भइरहेको छ। रोजगारीका लागि साउन महिनामा ३५ हजार चार सय ८५ जना, भदौमा ३४ हजार सात सय ५९ जना, असोजमा २४ हजार नै सय ४९ जना र कात्तिक महिनामा ३० हजार ५ सय ८८ युवा रोजगारीका लागि विदेशीएका वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।

चार महिनाको अवधिमा सबैभन्दा बढी साउनमा ३५ हजार चार सय ८५ जना युवा रोजगारीका लागि विदेशिए। जसमा संस्थागत (म्यानपावर) तर्फ ३२ हजार सात सय ५२ जनाले अन्तिम श्रम स्वीकृत लिएको विभागले जनाएको छ । यो महिना रोजगारीका लागि संस्थागत रूपमा विदेशिनेमा पुरुष ३१ हजार दुई सय आठ र महिला १५ सय ४४ जना रहेका छन् । दुई हजार दुई जनाले वैधानिकरण गरेर श्रम स्वीकृति लिएका छन् । जसमा १८ सय १० जना पुरुष र १९२ महिला रहेको वैदेशिक रोजगार विभागको तथ्याङकले देखाएको छ ।

रोजगारीका लागि संस्थागतका साथै व्यक्तिगत रूपमा पनि जाने गरेका छन् । व्यक्तिगत रूपमा सात सय ७१ जनाले श्रम स्वीकृत लिएको मा पुरुष पाँच सय ९४ र महिला एक सय ३७ जना रहेका छन् । यस्तै भदौ महिनामा संस्थागत रूपमा ३२ हजार सात सय ६९ जनाले संस्थागत रूपमा अन्तिम श्रम स्वीकृत लिएका छन् । जसमा ३१ हजार तीन सय ५३ पुरुष र एक हजार चार सय १६ जना महिला रहेका छन् ।

खाडीतिर जाने धेरै यो महिना संस्थागत रूपमा सबैभन्दा बढी कतारमा १० हजार सात सय ८३ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । त्यस्तै साउदी अरेबियाका लागि नौ हजार एक सय ५८, मलेसिया सात हजार दुई सय ९२, यूनाइटेड अरब इमिरेट्स (यूएई) चार हजार दुई सय ३६, कुवेत चार सय २५, जोर्डनका लागि २ सय ७१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

यो महिनामा नयाँ श्रम स्वीकृत सात सय ५८ जनाले लिएका छन् जसमा पुरुष ६ सय ३४ र महिला एक सय २४ जना रहेका छन् । भदौमा वैधानिकरण भएर १२ सय ३२ जनाले लिएको व्यक्तिगत श्रम स्वीकृतिमा पुरुष १०४६ र महिला १८६ रहेको विभागको तथ्याङकमा उल्लेख छ । असोजमा विदेश जाने घटे साउन र भदौ महिनाको तुलनामा असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपाली युवाको सख्या घटेको छ ।

यो महिना संस्थागत रूपमा २३ हजार ३२ जनाले अन्तिम श्रम स्वीकृत लिएका छन् । जसमा २२ हजार एक सय ६१ जना पुरुष र आठ सय ७१ महिला रहेका छन् । यस्तै व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति ६ सय ६२ जनाले लिएका छन् । जसमा पुरुष पाँच सय ९३ र महिला ६९ जना रहेका छन् भने १२ सय ५५ जना वैधानिकरण भएर विदेशीएका छन् । ११ सय २४ पुरुष र एक सय ३१ महिला रहेको विभागको तथ्याङकमा उल्लेख छ । असोजमा सबै भन्दाबढी युवा कतार गएका छन् ।

कतारमा गएका सात हजार नौ सय ८१ मध्ये सात हजार आठ सय ४४ पुरुष र एक सय ३७ महिला रहेका छन् । यस्तै साउदी अरेबियामा ६ हजार ३५ जना गएका छन्, जसमा पुरुष पाँच हजार नौ सय ५६ र महिला ७९ रहेको विभागले जनाएको छ । मलेसियामा पाँच हजार एक सय ८७ मा पुरुष पाँच हजार एक सय र महिला ८७ जना रहेका छन् भने संयुक्त अरब इमिरेट्स ९युएई०मा रोजगारीका लागि गएका दुई हजार चार सय ५३ मध्ये २१ सय १६ पुरुष र तीन सय ३७ महिला छन् । फेरि कात्तिकबाट बढ्यो साउन र भदौको तुलनामा असोजमा रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या घटेपनि कात्तिकमा भने केही बढेको छ ।

मंसिरमा धेरै विदेशिए यो महिना २७ हजार ६ सय ९९ जनाले संस्थागत रूपमा अन्तिम श्रम स्वीकृत लिएका छन् जसमा पुरुष २६ हजार दुई सय २८ र महिला १४ सय ७१ रहेका छन् । यो महिना सबै भन्दा बढी युवा कतार गएका छन् । कतारमा नौ हजार सात सय ३८ ले अन्तिम श्रम स्वीकृत लिएका छन् जसमा पुरुष नौ हजार पाँच सय ४४ र एक सय ९४ महिला रहेका छन् भने मलेसियामा पाँच हजार दुई सय ३० जनाले अन्तिम श्रम स्वीकृत लिएका छन् । मलेसियाका लागि अन्तिम श्रम स्वीकृत लिनेमा पाँच हजार ९२ पुरुष र एक सय ३८ महिला रहेका छन् ।

साउदी अरेबियामा पाँच हजार पाँच सय ९८ मा पुरुष पाँच हजार पाँच सय २७ पुरुष र ७१ महिला रहेका छन् भने संयुक्त अरब इमिरेट्स (यूएई) का लागि चार हजार नौ सय ७२ मध्ये पुरुष चार हजार दुई सय ६४ पुरुष र सात सय आठ जना महिला रहेका छन् । कुवेतका लागि १२ सय दुई जना, बहराइन तीन सय २७, साइप्रसका लागि एक सय २१ जनाले अन्तिम श्रम स्वीकृत लिएका छन् ।

व्यक्तिगत श्रम स्वीकृत लिएर आठ सय ५७ विदेशीएका मध्ये सात सय ४४ पुरुष र एक सय १३ महिला रहेका छन् । यस्तै वैधानिकरण भएर पनि दुई हजार २३ जना विदेशिएका छन् । जसमा पुरुष १८ सय ८७ र महिला एक सय ४५ रहेका छन् । मलेसिया जाने घट्दै केही समय अघिसम्म अन्य देशको तुलनामा मलेसिया जाने नेपाली कामदारहरु बढी हुने गरेका थिए । तत्कालीन श्रम तथा रोजगार राज्य मन्त्री टेक बहादुर गुरुङले कामदारसँग म्यानपावर कम्पनीले १० हजार मात्र सेवा शुल्क लिनु पर्ने निर्णय गरेपछि मलेसिया जाने नेपालीको सङ्ख्या घट्न थालेको छ ।

नेपाली कामदार बढी असुरक्षित हुने र विभिन्न बाहनामा ठगिने गरेकाले मलेसिया जाने कामदारको कमी हुन थालेको जानकारहरु बताउँछन् । नेपाली कामदारहरु दक्ष भन्दा पनि अर्ध दक्ष र अदक्ष बढी हुने भएकाले मलेसिया बढी जाने गरेका थिए । अन्य देशको तुलनामा मलेसियामा नेपाली कामदारहरुका लागि हावापानी सुहाउने रहेको बताइन्छ ।

पछिल्लो समयमा कतार र साउदी अरेबियाका साथै यूएइ जाने कामदारहरु बढी रहेका छन् । सन् २०२२ मा कतारमा आयोजना हुन लागेको विश्व कपका लागि निर्माण क्षेत्रमा काम गर्न कामदारको माग बढी भएका कारण बढी नेपाली कतार जाने गरेको बताइन्छ ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय