क्वालालम्पुर-
नेकपा (माओवादी) निकटको नेपाली जनप्रगतिशिल मोर्चा, मलेसियाले पार्टीको आठौं महाधिवेशनको लागि आर्थिक संकलन गर्ने र मलेसियाबाट तीनजना प्रतिनिधि पठाउने निर्णय गरेको छ । आइतबार सम्पन्न भएको मोर्चाको सचिवालय बैठकले आगामी फागुन महिनामा जनयुद्ध दिवस भब्यरुपमा मनाउने निर्णय समेत गरेको छ।
बैठकले नेपालको समकालिन राजनीतिक अवस्था, मलेसियामा नेपालीको हक अधिकार र प्रवासबाटै नेपालका परिवर्तनकारी आन्दोलनलार्इ दिन सकिने योगदानका बारेमा पनि छलफल गरेको थियो ।
नेपालको राजनीतिक अवस्थाका कारण समग्र क्षेत्र नाजुक अवस्थामा रहेको र राष्टिय स्वाधिनताका लागि नेकपा (माओवादी) को फागुन १ बाट सुरु हुने आठौं महाधिवेशन र एकीकृत जनक्रान्तिको कार्यदिशा सफल पार्न प्रवासमा रहेर आवश्यक भूमिका पूरा गर्ने बैठकले निर्णय गरेको छ ।
नेपालको खराब राजनीतिक अवस्था र देश विकासलार्इ गति दिन तथा युवाहरु रोजगारीको लागि विदेशीनु पर्ने बाध्यतालार्इ अन्त्यको लागि नेकपा माओवादीले लिएको एकीकृत जनक्रान्तिको आवश्यकता रहेको बैठकले निष्कर्ष निकालेको मलेसियाबाट मोर्चाका महासचिव टिकाराम ओलीले जनाएका छन् ।
यो पनि पढ्नुहोस्
युएईमा सराहनिय काम, सहयोगका लागि सदैव तत्पर राम