
कुमार “अविरल” पन्थी, कतार
सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चिम सेवा समाजको चाहना“ भन्ने नाराका साथ स्थापना कालदेखिसामाजिक सस्थाको रुपमा गठित सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा विविध साकृतिक कार्यक्रमहरुका साथ सम्पन्न भएको हो ।
सो अवशरमा सुदुर पश्चिम नेपालका कलाकार गङ्गादत्त गिरि, महेश नाथ, रिमा लामा, नवराज प्यासी, लोकेश बि सि, प्रकाश केशी, प्रकाश शिह, गौरब जैसी जोशी, शीखा लप्ली मन बहादुर जोराले आफ्नो प्रतुती राखेका थिए ।
कार्यक्रममा तदर्थ समितिका सदस्य लगायत विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ती र सस्थालाई कार्यक्रमका सभापति, प्रमुख अतिथि र अथितीहरुले प्रमाण–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सस्थाका महासचिव महेश कार्कीले सन्चालन गरेको कार्यक्रममा सामुहिक नित्य तथा सुदुर पश्चिमको मैलिक सस्कृती झल्काउने देउडा गित पनि प्रस्तुत गरीएको थियो । सोहि साधारणसभाले अमृत शाहीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।