रोजगारी सिर्जना मुलुकको प्राथमिकता 

काठमाडौं- उद्योगमन्त्री नवीन्द्रराज जोशीले नयाँ रोजगारी सिर्जना गर्नु मुलुकको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । उद्योग मन्त्रालयअन्तर्गतको उद्यमशीलता विकास कार्यक्रममा सघाउँदै आएका नेपालस्थित राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिसँगको मन्त्रालयमा सम्पन्न बैठकमा उनले थप रोजगारी सिर्जनाको लागि सामूहिक प्रयास आवश्यक भएको बताए । 

गरिबी निवारण र रोजगारी सिर्जनामा सबै संस्थाको महत्वपूर्ण योगदान रहेको भन्दै मन्त्री जोशीले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक केन्द्र स्थापना गरेर स्वरोजगार सिर्जना गर्न लागिएको जानकारी दिए । 

उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले स्थानीय स्रोत साधनमा आधारित लघु उद्योगलाई प्रवद्र्धन गर्दै जान जरुरी रहेको बताए । उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले सञ्चालित कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिले सञ्चालित सीपमूलक तालिमलाई स्थानीय आवश्यकताअनुरुप परिमार्जन गर्न आवश्यक देखिएको बताएका थिए ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय