काठमाडौं, मंसीर २०
दक्षिण कोरियामा आकर्षक रोजगारी उपलव्ध गराइदिने भन्दै विभिन्न व्यक्तिबाट ५४ लाख ठगेको अभियोगमा प्रहरीले खोटाङका लाक्पा तेम्वा शेर्र्पा पक्राउ परेका छन् । उनले दोलखाका साङ्गे शेर्पा समेत चारजनाबाट विभिन्न चरणमा गरी सो रकम असुलेको प्रहरीमा उजुरी परेको थियो ।
रोयल ट्राभल्स प्रालीका सञ्चालक समेत रहेका शेर्पाले चारसँग नेपालमा ४६ लाख असुलेको प्रहरीले जनाएको छ । कोरियामा रोजगारीका लागि भनेर पर्यटक भिसामा जापान पुर्याएपछि लाक्पा तेम्वा शेर्पाका साथि नुर्वु छिरिङ गुरुङले चारजनासँग जनही २ लाखका दरले ८ लाख उठाएको पीडितले उजुरी दिएका छन् ।
पर्यटक भिसामा जापान पुगेका उनीहरुलाई भिसाको म्याद सकिएपछि अध्यागमनद्धारा पक्राउ परेका उनीहरु ९ महिना जेल परेर नेपाल फर्केपछि उजुरी गरेका हुन् ।
पीडितको उजुरी पछि प्रहरीले शेर्पालाई आइतवार पक्राउ गरेको हो । उनलाई ठगि सम्वन्धि मुद्धामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरिय प्रहरी परिसर, टेकुमा पठाइएको महानगरिय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । ठगिमा संलग्न अरु व्यक्तिको खोजि भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
युएईमा सराहनिय काम, सहयोगका लागि सदैव तत्पर राम