काठमाडौं, मंसीर १९
साउदी सरकारले रेड जोनमा राखेका कम्पनीहरु ग्रिन जोनमा सूचिकरण नभएसम्म त्यस्ता कम्पनीमा नेपालबाट कामदार पठाउन रोक लगाइने भएको छ । मन्त्रालयका उच्च अधिकारी तथा बैदेशिक रोजगार व्यवसायी सम्मिलित छलफलले यस्तो सुझाव तयार पारेको हो । सो सुझाव निर्णयका लागि सोमवार श्रम सचिव समक्ष पेश हुनेछ ।
छलफलमा सहभागि नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङका अनुसार साउदी अरवमा रोजगारीका लागि पुगेका नेपाली समस्यामा पर्ने क्रम बढ्दै गएको अवस्थामा समस्या समाधानका लागि के गर्न सकिन्छ भन्ने बारेमा विस्तृत छलफल गरिएको छ ।
यसैगरी साउदी अरवस्थीत नेपाली दुतावासमा आफूलाई समस्यामा पारेको भन्दै नेपाली कामदारले उजुरी गरेका कम्पनीमा पनि कामदार पठाउन रोकिनेछ । तर कम्पनी छोडेर भागेका कामदारका बारेमा भनें अनुसन्धान गर्ने सहमति भएको छ ।
साउदी अरवमा भनिएको काम, तलव र सुविधा नपाइ नेपाल फर्किनु पर्ने अवस्थामा कम्पनीले तत्कालन एक्जिट पर्मिट दिने लिखित सम्झौता गरेमा मात्र कामदार पठाउन पनि सरकारी अधिकारी तथा व्यवसायी सहमत भएका छन् ।
मेगा रिक्रुटमेण्ट कम्पनी वा यस्तै प्रकृतिका कामदार आपूर्ति गर्ने कम्पनीहरुबाट मागपत्र आएमा त्यस्ता रोजगारदाता कम्पनीको नाम उल्लेख गरी रोजगारदाता कम्पनी र कामदार आपूर्ति गर्ने कम्पनीबीच भएको सम्झौता लगायत राखेर श्रमस्वीकृति दिने सहमति भएको महासचिव गुरुङले जानकारी दिए ।
सो छलफलमा मन्त्रायका सहसचिव गोविन्दमणि भूर्तेल, बैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे, बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले, बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल, महासचिव रोहन गुरुङ लगायत सहभागि थिए ।
बैदेशिक रोजगार सम्वन्धि गीत हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}