आकर्षक तलवमा पठाइदिन्छु भन्दैै नक्कली भिसा देखाएर ठग्ने पक्राउ

काठमाडौं, मंसीर १९ 

विभिन्न देशमा आकर्षक तलवमा पठाइदिने भन्दै १८ जनाबाट ३३ लाख ४२ हजार ठगेको अभियोगमा प्रहरीले काभ्रेका बुद्धकुमार लामालाई पक्रेको छ । ३७ बर्षिय लामाले युएई, फ्रान्स तथा युरोपका अन्य मुलुकमा रोजगारीका लागि पठाउने भन्दै सो रकम ठगेको उजुरीका आधारमा प्रहरीले पक्रेको हो । 

महानगरिय अपराध महाशाखाका अनुसार लामाले सिन्धुलीका गितेन्द्रबहादुर ठकुरी समेत ५ जनालाई दुवई पठाइदिन भन्दै १० लाख ठगेका थिए । यसैगरी काठमाडौंका कविन शाही समेत ७ जनाबाट ११ लाख तथा डडेलधुराका दिलबहादुर तमोलीबाट १ लाख ९२ हजार उठाएको प्रहरीमा उजुरी परेको छ । उनले बविता काजु र कविता श्रेष्ठलाई युरोपमा आकर्षक तलव हुने रोजगारीमा पठाउने भन्दै ३ लाख असुलेको प्रहरीको भनाई छ । विभिन्न व्यक्तिलाई श्रृंखलावद्ध रुपमा ठगि गरेका लामाले राकेश प्रधान, जनकलाल पौडेल लगायतलाई फ्रान्स पठाउने भन्दै ५ लाख ५० हजार असुलेको प्रहरीले बताएको छ । उनले खगेन्द्र गुरुङलाई आबुधावी क्रुजमा पठाउने भन्दै दुई लाख उठाएको प्रहरीमा उजुरी गरिएको छ । 

लामाले रकम उठाएर बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेपछि महाशाखाबाट खटिएको प्रहरी टोलीले लामालाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि बैदेशिक रोजगार विभागमा पठाइएको महाशाखाले जनाएको छ । 

प्रहरीको प्रारम्भीक अनुसन्धानमा लामाले दुवईमा दुवईमा कृष्ण बहादुर क्षेत्रीले सञ्चालन गरेको कृष्ण एण्ड कन्सल्टेन्सीलाई देखाएर बेरोजगार युवायुवतीलाई ठगेको देखिएको छ । उनका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

फरक प्रसंगको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय