दुवई, मंसीर १९
नेपालले लगाएको दुई वर्षे प्रतिवन्ध खुलेसँगै ५० जना नेपाली महिला बैधानिक रुपमा घरेलु कामदारका रुपमा काम गर्न युएई आइपुगेका छन् । थप १ हजार २ सय १० जना आउने प्रकृयामा रहेको युएईस्थीत नेपाली दुतावासले जनाएको छ ।
युएईका लागि नेपाली कार्यवाहक राजदुत नेत्रबहादुर टण्डनका अनुसार सरकारले घरेलु काममा जान नेपाली महिलालाई लाग्दै आएको प्रतिवन्ध पश्चात पहिलोपटक युएईमा नै नेपाली महिला काम गर्न आएका हुन् ।
यसअघि सन् २०१४ को अप्रिल महिनादेखि नेपालले महिलालाई मुख्य गरी खाडीका देशलाई लक्षित गर्दै घरेलु काममा पठाउन रोकेको थियो । तर प्रतिवन्धका वावजुद पनि नेपाली महिला विभिन्न गैरकानूनी बाटो हुँदै खाडीका देशमा आइपुग्ने गरेका थिए । यसले अझ जोखिम बढाएपछि नेपालले केहि कडा व्यवस्थासहित प्रतिवन्ध हटाएको हो ।
हामीले १० वटा कम्पनी छनौट गरेका छौं जसले नेपाली घरेलु महिला कामदार ल्याउने र उनीहरुलाई रोजगारीमा लगाउने सम्पूर्ण जिम्मेवारी लिनेछन् गल्फ न्यूजसँगको कुराकानीमा कार्यवाहक राजदुत टण्डनले भनेका छन् नेपालको नयाँ निर्देशिका अनुसार त्यसरी ल्याइएका महिला कुनै समस्यामा परेमा त्यसको जिम्मेवारी पनि तिनै कम्पनीहरुको हुनेछ ।
नेपालले युएईमा घरेलु कामदारका रुपमा आउने नेपाली महिलाको मासिक तलव ११ सय दिरहम तोकेको छ । यसैगरी यसरी घरेलु काममा आउने महिलाको उमेर २४ बर्ष पुगेको हुनुपर्दछ । नेपाली कार्यवाहक राजदुत टण्डनका अनुसार नेपाली महिलाको माग युएईमा उच्च देखिएको छ । युएईमा फिलिपिन्स तथा ईण्डोनेसियाले सन् २०१४ देखि नै घरेलु काममा महिलालाई आउन रोकेको छ । यसैगरी भारतीय महिलालाई पनि घरेलु काममा युएई आउन निक्कै लामो प्रकृया पुरा गर्नुपर्दछ ।
यसरी आउने महिलालाई एक महिला लामो तालिम तथा एक हप्ता लामो अभिमुखिकरण सञ्चालन गरिएको छ । तालिमका दौरान उनीहरुले न्यूनतम ५० वटा अत्यावश्यक अरवि शव्द जान्नेछन् । यसैगरी दैनिक रुपमा प्रयोग हुने विद्युतिय उपकरण चलाउन पनि सिकाइने गरेको टण्डनले जानकारी दिए ।
यसैबीच दुतावासका द्धितिय सचिव कृष्ण अर्यालका अनुसार विगत दुई बर्षभित्रमा युएईमा रोजगारदाताको घरबाट भागेका २ सय ५० जना नेपाली महिलाको उद्धार गरिएको छ । उनीहरुलाई युएईको सरकारी निकायसँगको समन्वयमा स्वदेश फर्काइएको छ । यसैगरी पछिल्लो समयमा मासिक रुपमा १० जनाजति नेपालीले आफूले तलव नपाएको, बढी समय काम गर्नु परेको तथा शारिरीक हिंसाको शिकार हुनुपरेको गुनासो दुतावासमा पर्ने गरेको अर्यालको भनाई छ । हाल दुतावासको सुरक्षित गृहमा ७ जना महिला स्वदेश फिर्तिका लागि बसिरहेका छन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PRS-lAKNXEU” frameborder=”0″ allowfullscreen></iframe>{/source}
