
काठमाडौं, मंसिर १९
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ९२ पैसा र विक्रि दर ३० रुपैंयाँ ८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ६६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ८२ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया ४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २० पैसा रहेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५७ रुपैंया ५ पैसा छ भनें विक्रि दर ३५९ रुपैंयाँ २ पैसा छ । बहराइन दिनारको खरिददर २८८ रुपैंयाँ ९९ छ भनें विक्रि दर २९० रुपैंयाँ ५८ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ ४६ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ५९ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै थियो । अहिले त्यो घटेर २४ रुपैंयामा उत्रिएको छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}