मोवाईल मर्मतबाट स्वरोजगार 

कालिकोट- जिल्लाको लालु गाविस–१ का रत्न विकले गाउँमा नै मोबाइल मर्मत पसल चलाएर रोजगार भएका छन् । विक युवा सशक्तीकरण कार्यक्रमले चलाएको ६५ दिने तालिम लिएर गाउँमा नै स्वरोजगार भएका हुन् ।

अहिले गाउँघरमा प्रायः सबैको हातहातमा मोबाइल हुन्छ । त्यसैले गाउँमा नै मोबाइल मर्मत गर्दा राम्रो आम्दानी हुने गरेको रत्न विकले बताए । “गाउँमा मोबाइल नभएको मानिस छैन ।” उनले भने, “दैनिक १० देखि २० मोबाइल बनाउने गरेको छु जसबाट राम्रो आम्दानी हुने गरेको छ ।”

गाउँमा नै सामान्य काम गर्दा पनि रोजगारी पाइने भएकाले विदेश जानु नपर्ने उनको भनाइ छ । ‘म भारतमा प्रत्येक वर्ष रोजगारीमा जाने गरेको अहिले छाडेको विकले बताए । “गाउँमा नै स–साना काम गर्दा पनि रोजगार थिएँ । अहिले छाडेको छु ।” उनले भने, “अहिले गाउँमा नै राम्रो कमाइ हुन्छ किन भारत जानु ?”

मोबाइल मर्मतको तालिम लिएपछि सहकारीबाट ऋण लिएर गाउँमा मोबाइल पसल चलाएको उनले बताए । सहकारी ऋण पनि तिरिसकेको बताउँदै विकले भने, “सहकारीबाट ऋण लिएर मोवाइल मर्मत पसल खोलेको थिएँ ।” गाउँमा मोबाइल मर्मत गरेर दैनिक १ हजारदेखि १२ देखि सय रुपैयाँसम्म कमाउने गरेको विकले बताए । 

गाउँमा अहिले स–साना काम गरेर राम्रो कमाइ गर्नेको संख्या वृद्धि हुँदै गएको र सीप भए विदेश वा भारत जान नपर्ने स्थानीय शिक्षक निर्मलकुमार विष्टले बताए । “गाउँमा स–साना काम गरेर धेरै मानिस रोजगार भएका छन् ।” विकबाट पाठ सिकेर गाउँका युवाले गाउँ नै कम्प्युटर, फोटोकपी मेसिन, तरकारीखेती लगायतका काम गरेर रोजगारीको बाटोमा अग्रसर भएको गाविस सचिव नवराज शर्माले बताए । “अहिले युवाहरू गाउँमा नै रोजगारी खोज्न थालेका छन् ।” उनले भने, “यसले गाउँमा आर्थिक चहलपहल पनि बढेको छ ।” 

कारोवारबाट 

बैदेशिक रोजगारबारे भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय