युएईको सरकारी कार्यक्रममा नेपाली झण्डा फहराउँदा 

मेघराज सापकोटा, युएई, मंसीर १८

युनाईटेड अरब ईमिरेट्स (युएई) को ४५ औ राष्ट्रिय दिवसको उपलक्ष्यमा युएईमा रहेका नेपालीहरुले बिबिध साँस्कृतिक कार्यक्रममा भाग लिएर ऐक्यवद्धता प्रस्तुत गरेका छन । डिसेम्बर २ तारिकको दिन युएईको सातौ राज्य रस अल खैमहमा राष्ट्रिय दिवसको अवसरमा युएई सरकारद्वारा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा नेपाली नृत्य प्रस्तुत गर्दै नेपालीहरुले ऐक्यवद्दता प्रस्तुत गरेका हुन । 

रसअल खैमह राज्यको मिनिस्ट्री अफ कल्चरल भवनको खुला प्राङगणमा गुराँश ढकालले शिरैमा शिरबन्दी, दिपक गुरुङले बिहानी घामको किरण, प्रतिक्षा शर्माले डाँफे झैं नाच्ने र शारिका सुनारले कम्मर माथि पटुकी बोलका नेपाली गीतहरुमा कम्मर मर्काइ मर्काइ नाचेका थिए । यसले घरबाट टाढा रहेका नेपालीलाई निकै भाबुक बनाएको थियो । 

रस अल खैमह, अजमाना र दुबईका नेपालीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा नाच्ने क्रममा कलाकारहरुले नेपाली झण्डा फरफराउदा उपस्थित नेपालीहरु राष्ट्रभाबले ओतप्रोत भएको देखिन्थे । उक्त कार्यक्रममा घाना, स्कटल्याण्ड, भारत, पाकिस्तान, बाङ्लादेश लगायत बिभिन्न मुलुकका नृत्य प्रस्तुत गरिएको थियो ।

 

उक्त कार्यक्रममा गैर आबासिय नेपाली संघ, युएईका अध्यक्ष सुदीप कार्की, एनआरएनए युएईका सदस्य रेशम लामा, सोसल क्लबका अध्यक्ष शालिक सुबेदी, राजन अधिकारी, एनआरएनए,रसअल खैमाका अध्यक्ष राजेन्द्र रोस्यारा, नेपाली जनप्रगतिशिल मँचका जनार्दन सुबेदी, दीपक बिष्ट लगायत स्थानिय समाजसेवीहरुको उपस्थित रहेको थियो । अधिकाँश स्थानिय अरबीहरु दर्शक रहेको उक्त कार्यक्रममा नेपाली प्रस्तुती देखेर उनीहरु निकै खुशी एवम उत्साहित देखिन्थे । 

नेपालीहरु जहाँ रहे पनि आफ्नो संस्कृतिलाई विश्वभर चिनाउने प्रयासमा भगीरथ रहने नेपालीका लागि कार्यक्रम संयोजक तथा ईनाश युएईका महासचिव राम तामाङले बताए । ईनाश युएईको प्रयासमा नेपालीहरुले आफ्नो देशको झण्डा युएईको सरकारी कार्यक्रममा फहर्याउन पाएकोमा युएईका नेपालीहरुले गौरवान्वित महसुस गरेका छन ।

अबुधाबी, दुबई, शारजाह, अज्मान, अमअल क्वाईन, रसअल खैमह र फुजैराह सात वटा अलग अलग राज्य एकत्रित भएर २ डिसेम्बर, १९७१ मा संयुक्त अरब ईमिरेट्स बनेको थियो ।

युएईमा अलपत्र भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PRS-lAKNXEU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय