नेपालीद्वारा सञ्चालित मदिरा उत्पादन केन्द्रमा प्रहरी छापा 

हरि कृष्ण न्यौपाने, कुवेत, मंसीर १७

कुवेतको आमादी प्रहरी सुरक्षा समुहले सबा अल अहमद क्षेत्रमा दुई नेपाली पुरुषद्वारा सञ्चालित घरेलु मदिरा उत्पादन केन्द्रमा छापा मारी मदिरा उत्पादनमा प्रयोग गरिने सम्पूर्ण सामग्रीहरु सहित उनीहरुलाई पक्राउ गरेको छ। 

कुवेतको अनलाइन पोर्ट आइमानमातमा जनाइए अनुसार कुवेत प्रहरीले उक्त घरेलु मदिरा उत्पादन केन्द्रबाट १४१ ब्यारेल (सिलिन्डर जस्तो देखिने पेय पदार्थ राख्न प्रयोग गरिने कन्टेनर), मदिरा बेच्न प्रयोग गरिने बोतलहरु, घरेलु मदिरा प्रशोधन तथा उत्पादन गर्ने उपकरणहरु तथा २०० केडी (करिब सत्तरी हजार) सहित कारखाना सञ्चालक दुई नेपालीलाई पक्राउ गरी कारबाहीका लागि पठाएको छ। पक्राउ गरिएका नेपालीहरुको नाम, ठेगाना तथा कम्पनी लगाएत अन्य जानकारी भने खुलाईएको छैन।

यो पनि पढ्नुहोस् 

कतारमा आममाफीको समय सकियो, अटेरीलाई समात्न प्रहरी परिचालित हुँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय