कतारमा आममाफीको समय सकियो, अटेरीलाई समात्न प्रहरी परिचालित हुँदै

दोहा, मंसीर १७-

कतारले तीन महिनाका लागि खोलेको आममाफीको समयमा ३ हजार ५ सय व्यक्ति स्वदेश फर्किएका छन् । यो प्रारम्भीक तथ्याँक हो ।सेप्टेम्वर १ मा सुरु भएको आममाफी डिसेम्वर १ देखि सकिएको हो । आममाफीको समय सकिएसँगै गैरकानूनी रुपमा कतारमा बस्दै आएकाहरुलाई खोज्ने र कडा कारवाही गर्ने चेतावनी यहाँको सरकारी निकायले दिएको छ ।

दोहा न्यूजका अनुसार सेप्टेम्वर देखि सुरु भएको तीन महिने आममाफी कार्यक्रममा गैरकानूनी रुपमा कतारमा बस्दै आएकाहरुलाई विनाकुनै समस्या सहजताका साथ स्वदेश फर्किने अवशर दिइएको थियो । सो तीन महिने समयमा दुतावासबाट कागजात बनाएर सहजै स्वदेश फर्किने व्यवस्था मिलाइएको समाचारमा जनाइएको छ । कतिपय दुतावासहरुले भनें हाल सार्वजनिक भएको भन्दा ठूलो संख्यामा त्यसरी गैरकानूनी रुपमा बसिरहेका व्यक्ति बाहिरिएको भन्दै आधिकारिक तथ्याँक पर्खिएको बताएका छन् । किनकी दुतावासहरुमा स्वदेश फर्किन निवेदन दिने र कागजात बनाउनेहरुको संख्या यसभन्दा धेरै छ ।

कतारस्थीत बंगलादेशी दुतावासले २५ सय आफ्ना नागरिकले यो समयावधिभित्र कतार छोडेको जनाएको छ । यसैगरी श्रीलंकाका ५ सय भन्दा धेरै, २ सय ३० फिलिपिनो तथा १ सय ५९ जना पाकिस्तानी नागरिक स्वदेश फर्किएको ति देशका दुतावासहरुले जानकारी दिएको समाचारमा उल्लेख छ । तर सो समयमा कति नेपाली स्वदेश फर्किए भन्ने तथ्याँक समाचारमा उल्लेख छैन ।

गत अक्टोवर महिनामा नै कतारको सरकारी निकायले डिसेम्वर १ मा आममाफीको समय सकिने वित्तिकै गैरकानूनी रुपमा बसिरहेकाहरुको खोजि अभियान तिव्र बनाइने र पक्राउ पर्नेहरुलाई कडा सजाय हुने चेतावनी दिइसकेको छ ।

युएईमा अलपत्र भिडियो हेर्नुहोस्

 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PRS-lAKNXEU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय