काठमाडौं, मंसीर १६-
बैदेशिक रोजगारीमा ईजरायल पठाइदिने भन्दै केहि व्यक्तिबाट १ करोड भन्दा बढी ठगि गरेको अभियोगमा प्रहरीले नवलपरासीका र्ईश्वरीप्रसाद पोखरेललाई महानगरिय प्रहरी महाशाखाले पक्राउ गरेको छ । उनलाई काठमाडौंको कमलपोखरीबाट पक्राउ गरिएको हो ।
महाशाखाका अनुसार पोखरेलले विदेश पठाइदिने र सरकारी जागिर लगाइदिने आश्वासन दिएर २५ जनाबाट १ करोड ११ लाख ५० हजार उठाएका थिए ।
पोख्रेलले इजरायल पठाउने आश्वासनमा २३ जनासँग १ करोड ६ लाख रुपैँया उठाएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । यसैगरी दक्षिण कोरिया पठाउने आश्वासनमा तीन लाख रुपैँया र राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै २ लाख ५० हजार रुपैँया उठाएको भेटिएको जनाइएको छ ।
उनी यसअघि पनि ठगिको अभियोगमा सजाय पाइसकेका व्यक्ति हुन् । पोख्रेल विरुद्ध यसअघि नबिल बैंक र किष्ट बैंकलाई ठगी गरेको मुद्धामा अदालतले २ वर्ष कैद र दुई लाख २९ हजार रुपैँया जरिवाना तोकेको थियो ।
युएईमा अलपत्र भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PRS-lAKNXEU” frameborder=”0″ allowfullscreen></iframe>{/source}