अलपत्र नेपालीको उद्धार गर्न संघको निर्देशन, सहयोगका लागि दुतावासलाई आग्रह  

काठमाडौं, मंसीर १५ 

युएईमा रोजगारदाताले काम तथा बस्ने स्थानबाट निकालेपछि अलपत्र परेर सडकमै बस्न बाध्य भएका तीनजना नेपालीको उद्धारका लागि बैदेशिक रोजगार व्यवसायी संघले चासो देखाएको छ । युएईमा ३ नेपालीको सडकमै बास (भिडियो) प्रकाशित भएपछि संघले उनीहरुलाई पठाउने मेनपावर कम्पनी ईलाईट ह्मुमन रिसोर्सका सञ्चालकलाई तत्काल पीडितलाई नेपाल फर्काउन निर्देशन दिएको छ । 

संघका महासचिव रोहन गुरुङका अनुसार ईलाईटका सञ्चालक विष्णुबहादुर भण्डारी पीडितलाई नेपाल फर्काउन हवाई टिकट दिन तयार भएका छन् । उनले बुधवार साँझसम्ममा युएईमा कुराकानी गरेर संघलाई जानकारी गराउने बताएको महासचिव गुरुङको भनाई छ ।  पीडितलाई आवश्यक सहयोग गरिदिन युएईस्थीत नेपाली दुतावासलाई पनि अनुरोध गर्दै संघका तर्फबाट समेत ईमेल गरिएको उनले बताए ।  

यस सम्वन्धि अर्को सामग्री पढ्नुहोस् 

‘दासताको बजारमा मान्छे बेच्नेहरुलाई, पसिनाको सराप लागोस्’

पीडितका बारेमा तयार पारिएको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PRS-lAKNXEU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय