
काठमाडौं, मंसीर १३
बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ७ जना युवालाई फेसबुकमा राखेको विज्ञापनका आधारमा ठगि गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्रेको छ । दोलखा घर भई काठमाडौं बस्ने दावा योञ्जन(३०) लाई प्रहरीले ठगिको अभियोगमा पक्रेको हो । उनले तिलक बहादुर गुरुङ्ग, दिनेश गरुङ्ग, डोर बहादुर थापा, विमल चौधरी, प्रदिप कुमार गुरुङ्ग, बुद्ध स्याङ्तान र चन्द्र प्रसाद बस्नेत क्षेत्रीलाई ठगेको उजुरी परेको थियो ।
योञ्जनले पत्रिकामा छापिएका विज्ञापनलाई फेसबुकमा आफ्नो सम्पर्क नम्वर सहित हाल्ने गरेको भेटिएको प्रहरीले जनाएको छ । सो विज्ञापन देखेर सम्पर्कमा आएका युवालाई योञ्जनले विभिन्न मेनपावर कम्पनी मार्फत दुवईमा सेक्युरीटी गार्डमा फ्री भिषा, फ्री टिकटमा पठाइदिने भन्दै प्रति व्यक्ति ५५ हजार मागेका थिए । उनले ति ७ जनाको पासपोर्ट र जम्मा ३ लाख ३४ हजार उठाएर सम्पर्क विहिन भएका थिए ।
पीडितको उजुरी पश्चात प्रहरीले योञ्जनलाई काठमाडौंको टेकुबाट पक्राउ गरेको छ । उनी कुनै पनि मेनपावर कम्पनीसँग सम्वन्धित नरहेको देखिएको महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ । उनलाई बैदेशिक रोजगारको ठगि सम्वन्धि मुद्धा चलाउन वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
यो भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/tM0uQinIies” frameborder=”0″ allowfullscreen></iframe>{/source}