मलेसियामा गैरकानूनी रुपमा थुनामा राखेको भन्दै एक नेपालीले पाए २० हजार रिंगिट क्षतिपूर्ति

काठमाडौं, मंसीर १३ 
मलेसियामा एक नेपालीलाई गैरकानूनी रुपमा थुनेको ठहर भएपछि उनले २० हजार रिंगिट(४ लाख ८७ हजार ४८ रुपैंया) क्षतिपूर्ति पाएका छन् । गोरखा आरुघाटका मंगल बहादुर गुरुङलाई कम्पनीले काम र तलव नदिएको र उल्टै गैरकानूनी रुपमा पक्राएर थुनाएको भन्दै अदालतले क्षतिपूर्ति तिर्न सरकारलाई आदेश दिएको हो ।

अदालतको आदेश पश्चात क्षतिपूर्ति वापतको रकम यहि हप्ता नेपाल पठाइएको थियो । उनले पाएको क्षतिपूर्ति रकम जिफन्टमा आयोजित एक कार्यक्रमका बीच जिफन्ट महासचिव विष्णु लम्सालले हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै महासचिव लम्सालले जिफन्ट श्रमिकका लागि दुःखको साथि भएको र गुरुङलाई मलेसियामा स्थानीय सहयोगि संस्था मार्फत जिफन्टले लामो समयसम्म मद्धत गरेको बताए । लम्सालले यस्तै समस्यामा परेका अरु श्रमिकलाई पनि न्यायका लागि लड्न आग्रह गर्दै अप्ठ्यारो परेको भएमा जिफन्टमा सम्पर्क गर्न आग्रह गरे ।

सन् २००४ मा रोजगारीका लागि मलेसिया पुगेका गुरुङले आफूलाई कम्पनीले काम र तलव नदिएको र त्यसको बारेमा गुनासो गर्दा उल्टै फसाएर ६५ दिन थुनाएको बताए । उनलाई कम्पनी सञ्चालकले अध्यागमन कार्यालयका कर्मचारीसँग मिलोमतो गरेर उनलाई थुनाएका थिए ।

सोही समयमा मलेसिया भ्रमणमा गएका हाल जिफन्टका सचिव समेत रहेका अधिवक्ता रमेश बडालले सो घटनाका बारेमा जानकारी पाएपछि उनको मुद्धा दर्ता गरिएको थियो । स्थानीय सहयोगी संस्था तानागानिता मार्फत उनको मुद्धा दर्ता गरिएको र लामो कानूनी लडाई पश्चात गुरुङले न्याय पाएको बडालले जानकारी दिए ।

पछिल्लो समयमा जिफन्टबाट गुरुङको मुद्धामा अधिवक्ता निशा बानियाँले सहयोग गरिरहेकी थिइन् । बानियाँका अनुसार तल्लो अदालतले गुरुङको थुना गैरकानूनी ठहर गर्दै २० हजार रिंगिट क्षतिपूर्ति तिर्ने आदेश दिएपछि क्षतिपूर्ति कम भएको दावी सहित पुनरावेदन गरिएको थियो । तर पुनरावेदन अदालतले पनि तल्लो अदालतको आदेशलाई नै सदर गरेपछि गुरुङले पाउनु पर्ने रकम मलेसियाबाट नेपाल पठाइएको हो ।
बैदेशिक रोजगार सम्वन्धि गीत हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय