
काठमाडौं, मंसीर १२
दशैं खर्च दिने लगायतको सहमति पालना नभएको भन्दै त्रिभुवन विमानस्थलमा कार्यरत झण्डै चारसय श्रमिक पुनः आन्दोलनमा उत्रेका छन् । दशैं अगाडी विमानस्थलमा आउटसोर्सिङ अन्तर्गत कार्यरत ति श्रमिक दशैं खर्च नपाएको भन्दै आन्दोलनमा उत्रेका थिए । उनीहरुलाई दशैं लगत्तै सो खर्च उपलव्ध गराउने पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाही लगायतले गत असोज २१ गते प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको थियो ।
तर सहमति विपरित नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीहरुका लागि उपलव्ध गराउनु पर्ने रकम उपलव्ध नगाराएको भन्दै श्रमिक पुनः आन्दोलनमा उत्रेका हुन् । सहमति अनुरुप आफूहरुले रकम नपाएको गुनासो गर्न मन्त्री शाहीलाई फोन सम्पर्क गर्दा कुनै जवाफ नदिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको युनिट्राभका महासचिव सुमन पराजुलीले बताए ।
यसअघि गरिएको सहमति अनुरुप दशैं खर्च उपलव्ध गराउन र गत साउन महिनादेखि बृद्धि गरिएको तलव आफूहरुलाई पनि उपलव्ध गराउन माग राख्नै आउटसोर्सिङका श्रमिक आन्दोलनमा उत्रिएको पराजुलीको भनाई छ । यसैगरी विमानस्थलको काममा ठेक्का प्रथाको अन्त्य तथा लामो समय देखि कार्यरत श्रमिकलाई सिधै संस्थाले काममा लगाउनु पर्ने तथा नियुक्ति पत्र, सञ्चय कोष र उपादानको माग राखिएको उनले बताए । विमानस्थलमा सरसफाई देखि पिच, घाँसे मैदानमा काम गर्ने मजदुर आउटसोर्सिङ अन्तर्गत काम गर्छन ।
बैदेशिक रोजगार सम्वन्धि भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}