यस्तो छ नेफ्टा अवार्डको तयारी 

मोहन बस्याल, युएई, मंसीर ११ 

युएईको दुबईमा आयोजना हुन लागेको नवौं नेफ्टा अवार्डको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ । व्यवस्थापनको जिम्मा लिएको कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा डिष्ट्रीव्युसन कम्पनीले पत्ररकार सम्मेलन गरी यसका बारेमा जानकारी गराएको हो । 

युएईको सेभेन स्टार ईभेन्ट एण्ड प्रोडक्सन कम्पनीसँगको सहकार्यमा कन्सेप्ट भिजनले नेफ्टा अवार्डको ब्यवस्थापन गर्दैछ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्डको नवौं संस्करण दुवईमा आयोजना हुन लागेको हो । यस अघिका अवार्ड वितरण समारोह कतार, मलेसिया र हंककंगमा भएका थिए । अवार्ड कार्यक्रमका लागि चलचित्रका कलाकार, प्राविधिक लगायतको एक सय २० जनाको टोलि युएई आउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । 

नेपाली संघ संस्थाको प्रतिवद्धता 

युएईमा हुन लागेको चलचित्र अवार्ड नेपालीको प्रतिष्ठासँग पनि जोडिएको भन्दै यसलाई भब्य रुपमा सफल बनाउन सबैले सहयोग गर्नु पर्ने यहाँका संघ संस्थाका अगुवाले बताएका छन् । ब्यवस्थापनको जिम्मा पाएको कन्सेप्ट भिजनले आयोजना गरेको पत्रकार सम्मेलन तथा छलफल कार्यक्रममा सहभागि बिभिन्न संघ संस्थाका अगुवाले आफ्नो ब्यक्तिगत तथा संस्थागत तर्फबाट आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको भन्दै प्रतिवद्धता जनाएका छन् । 

पत्रकार सम्मेलनमा कन्सेप्ट भिजनका सालिक सुवेदीले गैर आवासिय नेपाली संघ, नेपाली समाज, नेपाल पत्रकार महासंघ युएई, आदिवासी जनजाति महासंघ, नेपाली बिजनेश काउन्सिल लगायत युएईमा रहेका संघ संस्थाको सहयोगले यो कार्यक्रम सफल हुने विश्वास लिएको बताए । कार्यक्रममा एनआरएनए, युएईका अध्यक्ष सुदिप कार्की, नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, शेर्पा किदुङ युएईका पासाङ शेर्पा, नेपाली बिजनेश काउन्सीलका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा, नेपाल एयरलाईन्सका युएईका लागि कन्ट्रिम्यानेजर रमेश पौडेल, नेपाल पत्रकार महासंघ युएईका केन्द्रिय प्रतिनिधि भुपराज बस्याल लगायतले बोल्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

टिकट ५० देखि ५०० दिरामसम्म 

पत्रकार सम्मेलनमा व्यवस्थापनको जिम्मा पाएको कम्सेप्ट भिजनले कार्यक्रम स्थल प्रवेशका लागि ५० देखि पाँच सय रुपैयासम्मका टिकटको ब्यवस्था गरिएको जानकारी दिएको छ । टिकट मंगलबार देखि बिक्री शुरु हुने र कार्यक्रम हुनु भन्दा एक साता अघिबाट बन्द हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रमस्थलमा तीन हजारजना बस्न सक्ने क्षमता रहेको जानकारी दिईएको छ । 

कम्सेप्ट भिजनका राजन अधिकारीले कार्यक्रमका लागि हुने खर्चको आधा प्रायोजकबाट तथा आधा टिकटबाट संकलन गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रमका लागि दश देखि पन्ध्र लाख दिरामसम्म खर्च लाग्ने अनुमान गरिएको छ । 

यातायातको प्रवन्ध गर्न सुझाव 

२३ डिसेम्बरको साँझ साढे सात बजे शुरु भई पौने १२ बजेसम्म कार्यक्रम चल्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रम राति अवेरसम्म चल्ने र भोलीपल्ट काममा जानु पर्ने भएकाले कार्यक्रममा आउने दर्शकका लागि यातायातको प्रवन्ध गर्न यहाँका संघ संस्थाले सुझाव दिएका छन् । आवुधावि, अल ऐन, फुजेरा, रसअल खेईमह, अजमान जस्ता टाढाबाट आउने तथा अल्कुज, सोनापुर लगायतका मजदुर क्याम्पबाट आउने दर्शकका लागि यातायातको ब्यवस्था गर्न सकिने आयोजकले बताएको छ । मेट्रो स्टेशन नजिकै रहेको र राति एक बजेसम्म मेट्रो चल्ने भएको यातायातको असुविधा नहुनेमा आफुहरु ढुक्क रहेको आयोजकले जानकारी दिएको छ । 

२० जना कलाकारको समुहगत प्रस्तुती 

झण्डै चार घण्टा चल्ने कार्यक्रममा २० जना कलाकारको समुहगत प्रस्तुती पनि समेटिने आयोजकले जानकारी दिएको छ । चर्चित कलाकारको नृत्य, प्रहसन लगायतका प्रस्तुती समेटिएको आयोजकले जानकारी दिएको छ । महानायकको उपाधी पाएका राजेश हमाल, चर्चित हास्यकलाकार दिपकराज गिरी, दिपाश्री निरौला, सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, नायक दयाहांग राई, नायिका प्रियंका कार्की, लगायत अहिलेका चर्चित सबैजसो कलाकार सो अवार्ड कार्यक्रममा आउदैछन् । बिसं २०७२ सालमा बनेका र चलचित्र प्राविधिक संघको आह्वान बमोजिम दर्ता भएका ४३ चलचित्र बीच ३१ विधामा प्रतिस्पर्धा हुँदैछ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय