कुमार ‘अविरल’ पन्थी, कतार, मंसरी ११
कतारमा करिव ३ महिना देखि अलपत्र परेका १० नेपाली स्वदेश फर्किएका छन । दुइजना गत सोमबार र ८ जना शुक्रबार स्वदेश फर्किएका हुन । गुल्मी सेवा समाज कतारको पहलमा नेपाली राजदूतावास कतारको विशेष सहयोग उनीहरुलाई नेपाल फर्काइएको हो ।
यसरी स्वदेश फर्किनेहरुमा मोरंगका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताज पुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी, गुल्मीका गंगा बहादुर थापा, वीर बहादुर बि.क. रहेका छन् । उनीहरु बिगत ३ महिना देखि कम्पनि मालिक फरार भएपछि अलपत्र परेका थिए ।
उनीहरु मध्ये तिलक भुजेल र अम्बर थेगिंग गत सोमबार नै नेपाल फर्किएका थिए । बाँकि ८ जनालाई कानुनी प्रकृया पुरा गरी उनीहरुले पाउनु पर्ने क्षतिपूर्तिको व्यवस्था मिलाएर गत शुक्रबार स्वदेश पठाईएको उनीहरुलाई नेपाल फर्किन सहयोग गर्दै आएका झबिन्द्र आचार्यले बताए ।
नेपालबाट कतार आउदा मेनपावर कम्पनि र एजेन्टले लिएको सबै पैसा फिर्ता हुने व्यवस्था मिलाएर पीडितहरु नेपाल फर्किएपछी उनीहरुले पाउन पर्ने क्षतिपूर्ति मेनपावर कम्पनिले दिएको पिडितहरुले जानकारी दिएका छन् ।
अलपत्र परेका पिडितहरुलाई खाना समस्या परेपछि निरन्तर रुपमा गुल्मी सेवा समाज कतारले खाद्यान्न सहयोग गरेको थियो । कतारमा स्थापित अन्य सामाजिक सस्थाले पनि उनीहरुलाई राहत उपलब्ध गराएका थिए ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/tM0uQinIies” frameborder=”0″ allowfullscreen></iframe>{/source}