५ सय रियालको नक्कली नोट सहित पक्राउ परेका नेपाली छुटे

काठमाडौं, मंसीर १०

५ सय रियालको नक्कली नोट सहित साउदी अरवमा पक्राउ परेका एक नेपाली युवा विहिवार छुटेका छन् । कम्पनीले नगदमा नै दिएको तलव स्वदेश पठाउन रेमिट्यान्स कम्पनीमा पुगेका ति नेपालीलाई प्रहरीले नक्कली नोट कारोवार गरेको भन्दै पक्रेको थियो ।

साउदी अरवको रियादमा एक कम्पनीमा कार्यरत विनोद खतिवडा खाममा हालेर कम्पनीले दिएको तलव पठाउने क्रममा गत नोभेम्वर १६ तारिखमा पक्राउ परेका थिए । खतिवडा चार महिना अगाडी साउदी अरवको मराह एचआर कम्पनीमा रोजगारीका लागि पुगेका थिए । उनलाई झण्डै एक हप्ता थुनामा राखेर विहिवार थुना मुक्त गरिएको हो । उनको रिहाईका लागि जिफन्ट सहयोग समुह, साउदी अरेवियाले साउदी अरवस्थीत नेपाली दुतावास मार्फत पहल गरेको थियो ।
विनोदका दाजु भुवन खतिवडाले आफ्नो निर्दोष भाई छुटेपछि उसको स्वदेश फर्काउन चाहेको बताएका छन् ।

बैदेशिक रोजगार सम्वन्धि गित हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/tM0uQinIies” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय