भिषाका लागि नेपालीसँग धेरै रकम असुल्ने दुई संस्थालाई तत्काल कारवाही गर्न संसदिय समितिको निर्देशन

काठमाडौं, मंसीर ९
रोजगारीका लागि मलेसिया जाने नेपालीसँग रकम असुल्न स्थापना गरिएका दुई संस्थाहरुको काम कारवाही तत्काल रोक्न तथा छानविन गरी कडा कारवाही गर्न संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले निर्देशन दिएको छ ।

समितिको बैठकले ओएससी(वन स्टेप सेण्टर) तथा आइएससी( ईमिग्रेसन सेक्यूरिटी सेण्टर)को काम रोक्न र छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । ति दुई संस्थाले रोजगारीका लागि मलेसिया जाने कामदारसँग भिषा प्रकृया वापत भन्दै ६ हजार भन्दा धेरै रकम उठाउँदै आएका छन् । यसको सुरु देखि नै विरोध हुँदै आएपनि ति संस्थाले आफ्नो काम जारी राखेका छन् ।

समितिको निर्देशनले रोजगारीका लागि मलेसिया जाने कामदारलाई राहत पुग्ने भन्दै नेपाल बैदेशिक रोजगार व्यवसायी संघले यसको स्वागत गरेको छ । संघका महासचिव रोहन गुरुङले एक विज्ञप्ती जारी गर्दै यसको स्वागत गरेका छन् । संघले स्वास्थ्य परिक्षणको नाममा बायोमेट्रिक मेडिकल र माईग्राम्स प्रणाली लागु गरी अवैधानिक तरिकाले कामदार ठगिरहेका ३९ वटा स्वास्थ्य संस्थाहरुको समेत काम तत्काल रोकेर कारवाही गर्न माग गरेको छ ।

बैदेशिक रोजगार सम्वन्धि गीति सन्देश हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/tM0uQinIies” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय