प्रधानमन्त्रीको निर्देशन पछि तत्काल मलेसियाबाट नेपाल ल्याइयो शव !
काठमाडौं, म्रसीर ८
मलेसियामा मृत्यु भएका पूनर्बास नगरपालिका, चगाउँ, कञ्चनपुरका २९ वर्षीय सन्तबहादुर तामाङको शव काठमाडौं ल्याइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको शव तत्काल नेपाल ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष निर्देशन दिएपछि शव तत्कालै नेपाल ल्याइएको हो ।
वैदेशिक रोजगारीको क्रममा २ वर्ष अघि मलेसिया पुगेका तामाङको गत मंसीर २ गते मृत्यु भएको थियो । मृतकका परिवारले मंसीर ६ गते मृतकको शव नेपाल ल्याउने व्यवस्था मिलाई दिन प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेका थिए । मृतकका आफन्तको अनुरोधपछि नेकपा माओवादी केन्द्र, कञ्चनपुर जिल्ला पार्टीको समन्वय र प्रधानमन्त्री कार्यालयको विशेष पहलमा तामाङको शव नेपाल ल्याइएको सचिवालयले जनाएको छ । तामाङको शव नेपाल ल्याउने प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालय, परारष्ट्र मन्त्रालय र मलेसियाको नेपाली दूतावाससँग समन्वय गरेको थियो ।
तामाङको शव नेपाली समय अनुसार मंसीर ८ गते बुधवार दिउँसो १ बजे त्रिभूवन बिमानस्थल ल्याइएको थियो । शव बुधवार नै कञ्चनपुर पठाइएको माओवादी नेतृ बिना मगरलाई उधृत गर्दै जानकारी दिइएको छ । तामाङको शव कञ्चनपुर लैजाने व्यवस्था पनि प्रधानमन्त्री कार्यालयले मिलाएको जनाइएको छ ।
यो पनि पढ्नुहोस्
विदेशमा बस्नेले भोट हाल्न पाउने की नपाउने भन्नेमा साँसदहरु नै विभाजित
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय