
दोहा, मंसीर ७’
कतारमा रोजगारीका लागि जानेहरुले अव एक महिना भित्रमा ‘स्थायी बसोवास अनुमति पत्र’ बनाउन पाउने भएका छन् । नयाँ श्रम कानून लागु भएपछि हाल एक हप्ता भित्रैमा बनाइसक्नु पर्ने ‘स्थायी बसोवास अनुमति पत्र’का लागि एक महिनाको समय दिइएको समाचार स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।
दोहा न्यूजका अनुसार तीन हप्त पश्चात लागु हुने नयाँ श्रम कानूनले ७ दिनको साटो ३० दिनको समय दिने मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन् । नयाँ कानून आगामी डिसेम्वर १३ देखि लागु हुँदैछ । यो कानून गत बर्षको डिसेम्वर १३ मा यहाँका राजाले स्वीकृत गरिसकेका छन् ।
परिवर्तित व्यवस्थाले कतारमा रोजगारी परिवर्तन गर्न वा कतारबाट स्वदेश फर्किन सहयोग गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । तर नयाँ कानूनका बारेमा मिश्रित प्रतिकृया छन् । किनकी नयाँ कानून अनुसार कतारमा रोजगारदाता परिवर्तन गर्न नो अव्जेक्सन लेटर(एनओसी) लिनु पर्ने व्यवस्थालाई यथावत राखिएको छ ।
कतारबाट फर्किनु परेमा
नयाँ श्रम कानूनले काफिल(कपिल) शव्द हटाएको छ । नयाँ कानूनले पनि कतार छोड्नु अगाडी नो अव्जेक्सन लेटर(एनओसी) को व्यवस्थालाई कायम राखेको छ । तर रोजगारदाताले सो पत्र नदिएको अवस्थामा आन्तरिक मन्त्रालयमा निवेदन दिएको तीन दिन भित्रमा त्यस्तो पत्र पाउने र कतारबाट बाहिरिन पाउनेछन् ।
कतारको नयाँ श्रम कानून सम्वन्धि यो भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}