कामदार आफैंले हवाई टिकट काटेर जान व्यवसायीको प्रस्ताव

काठमाडौं, मंसीर ७
बैदेशिक रोजगार व्यवसायीले रोजगारदाता कम्पनीले हवाई टिकट उपलब्ध नगराएको अवस्थामा कामदार आफैंले टिकट काटेर जान तयार भएमा त्यसको व्यवस्था गर्न प्रस्ताव गरेका छन् । व्यवसायीहरुको छाता संस्था नेपाल बैदेशिक रोजगार व्यवसायी संघ(नाफिया)का महासचिव रोहन गुरुङले एक विज्ञप्ती जारी गर्दै यसका बारेमा आफ्ना सदस्य व्यवसायीहरुलाई सुझाव दिन समेत आग्रह गरेका छन् ।

यसैगरी रोजगारदाता कम्पनीले नेपालमा ब्यवसायीलाई सेवा सुल्क उपलब्ध नगराएको प्रमाणि भएमा कामदारले पाउने एक महीना बराबरको तलव सेवा शुल्कका रुपमा लिन समेत नाफियाले प्रस्ताव गरेको छ । हाल कामदारले तिर्दै आएको बिमा, अभिमुखीकरण, कल्याणकारी कोष, भिसा शुल्क कामदार आफैले तिर्नु पर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

यी शर्तको उल्लंघन गरेर बढी रकम लिएमा त्यस्ता व्यवसायीक संस्थाको ईजाजत पत्र खारेज गर्न समेत नाफियाले प्रस्ताव गरेको छ ।

गुरुङद्धारा जारी विज्ञप्तीमा यसअघि सरकारले तीन लागु गरेको फ्रिभिसा, फ्रिटिकटको औचित्य सकिएको भन्दै त्यसको बैधानिकता सकिइसकेको उल्लेख छ । यसअघि सरकार र व्यवसायीबीच भएको ३१ बुँदे सहमति पश्चात गठित कार्यदलले तीन महिना भित्रमा बुझाउनु पर्ने प्रतिवेदन १५ महिना वितिसक्दा समेत बुझाउन नसकेको भन्दै यसले पनि फ्रि भिसा सम्वन्धि निर्णयको औचित्य सकिएको नाफियाको दावी छ ।

विज्ञप्तीमा नेपालका व्यवसायीहरु फ्रीभिसा, फ्रीटिकट सहित न्यूनतम लागतमा कामदार पठाउन प्रयत्नशील भएता पनि भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानबाट आफैं टिकट काटेर जाने भएका कारण बैदेशिक रोजगारमा नेपालीको बजार हिस्सा कमजोर भएको उल्लेख छ ।

यो पनि पढ्नुहोस्
दुई दिन भित्र समस्या समाधान गर्न दुतावासको अल्टिमेटम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय