धरहरा बनाउन युएईबाट सहयोग

 

मोहन बस्याल, युएई, मंसीर ७

अघिल्लो बर्ष भुकम्पमा परि भत्किएको धरहरा पुनःनिर्माणका लागि युएईबाट २ लाख रुपैया सहयोग गरिएको छ । युएईमा क्रियाशिल नेकपा एमालेको प्रतिनिधि संगठन प्रवासी नेपाली मञ्चले पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई नेपालमा भेटेर सो रकम हस्तान्तरण गरिएको हो । 

धरहरा पुनःनिर्माणका लागि आर्थिक सहयोग जुटाउन मञ्चले गएको तिहारमा युएईका बिभिन्न शहरमा देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो । देउसीमा संकलन भएको रकममा थपेर २ लाख रुपैया हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष श्याम कँडेलले जानकारी दिए । 

रकम हस्तान्तरणका लागि गएको शुक्रबार ओली निवास पुगेका मञ्चका महासचिव भेषराज ढकालले सहयोग गर्ने सबै युएईबासीलाई अध्यक्ष ओलीले धन्यबाद दिएको बताए । 

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा जस्तो गौरवमय सम्पदा नेपाली नागरिककै पैसाले बनाउनु पर्ने भन्दै सहयोग गर्न आह्वान गरेपछि मञ्चले सहयोग गरेको हो । धरहरा पुनःनिर्माणका लागि ओलीले आफ्नो एक महिनाको तलव समेत उपलब्ध गराएका थिए । ओलीले घोषणा गरेको म बनाउँछु मेरो धरहरा अभियानको कोषका लागि नेपाली सेनाले १४ करोड हस्तान्तरण गरि सकेको छ । 

पार्टि भवन निर्माणका लागि पनि सहयोग

प्रवासी नेपाली मञ्चले नेकपा एमालेको नयाँ केन्द्रिय कार्यालय निर्माणका लागि पनि आर्थिक सहयोग गरेको छ । युएईमा संगठित सदस्यहरुबाट संकलन भएको रकम पार्टी अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको मञ्चका महासचिव भेषराज ढकालले जानकारी दिए । गएको बर्ष आएको भुकम्पले बल्खुमा रहेको नेकपा एमालेको केन्द्रिय कार्यालय भवन प्रयोग गर्न नसकिने भएको छ । भुकम्प लगतै पार्टी कार्यालय धुम्वाराही सारिएको छ । 

प्रवासीका समस्या प्रति ध्यानाकर्षण

प्रवासी नेपाली मञ्चले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रवासी नेपालीका समस्या समाधानका लागि पहल गर्न भन्दै ध्यानाकर्षण पत्र समेत बुझाएको छ । श्रम स्विकृतिमा विद्यमान समस्या समाधानका लागि दुतावासबाटै श्रम स्विकृति लिन पाउने ब्यवस्था गर्नु पर्ने, दुतावास मार्फत मतदान गर्न पाउने ब्यवस्था गर्नु पर्ने, मतदाता नामावलीमा छुट भएकाहरुले दुतावास मार्फत नामावलीमा नाम चढाउन पाउनु पर्ने, युएईको दुबईमा कन्सुलर कार्यालय खोल्नु पर्ने लगायतका कुरा समेटेर ध्यानाकर्षण पत्र बुझाईएको अध्यक्ष कँडेलले जानकारी दिए । 

ध्यानाकर्षण पत्रमा भिजिट भिषामा देखिएको समस्या, अध्यागमन कार्यालयमा देखिएको सेटिङको समस्या तत्काल समाधान गर्नुपर्ने, प्रवासी नेपाली नागरिकको लगानी प्रवद्र्धन गर्न सहुलियत ऋण, कर छुट लगायतका सुविधा दिनु पर्ने कुरा उल्लेख रहेको कँडेलले जानकारी दिए । 

ध्यानाकर्षण पत्र पढेपछि अध्यक्ष ओलीले प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि पार्टीको तर्फबाट सक्दो प्रयास हुने र त्यसका लागि निरन्तर पहल कदमी हुने प्रतिवद्धता ब्यक्त गरेको मञ्चका महासचिव भेषराज ढकालले जानकारी दिए । 

यो पनि पढ्नुहोस् 

दुई दिन भित्र समस्या समाधान गर्न दुतावासको अल्टिमेटम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय