मोहन बस्याल, युएई, मंसीर ७
स्वीकृत कोटा भन्दा बढिको मागपत्र बनाएर ल्याईएका युवाहरु अलपत्र परेपछि युएईको आवुधावी स्थित नेपाली दुतावासले कामका लागि पठाएको म्यानपावर कम्पनीलाई दुई दिन भित्र समास्या समाधान गर्न अल्टिमेटम दिएको छ । ईतिसलात फेसिलिटि म्यानेजमेन्ट सर्भिस एल एल सी नामक सेक्युरिटी कम्पनीका लागि काम गर्न आएका युवाहरु पाँच महिना देखि काम नपाएर अलपत्र परेका थिए । कामका लागि कोटा स्वीकृत नभएकाले काममा लगाउन ढिलाई भएको कम्पनीले बताउदै आएको पिडितले जानकारी दिएका छन् । कम्पनीले ५० जना युवा ल्याएकोमा २० जनाले काम नपाएर समस्यामा परेका थिए । २० मध्ये छ जनाले काम पाई सकेको कम्पनीले दाबी गरेको छ ।
खानकै समस्या भएपछि युएईमा क्रियाशिल चितवन सहयोग समाजले खानाको प्रवन्ध गरेको थियो । अल ऐनमा बस्ने अगुवा नेपालीले पनि सोमबार चामल लगायत खाद्यान्न सहयोग गरेका छन् । सोमबार प्रवासी नेपाली मञ्चका पदाधिकारीले दुतावासको ध्यानाकर्षण गराएका थिए । पिडित युवाहरु समेत लगेर उनीहरुले नेपाली दुतावासको ध्यानाकर्षण गराएका थिए । ति युवाहरुलाई युएई पठाउने कम्पनीलाई फोन गरि समस्या समाधान गर्न दुतावासले दुई दिने अल्टिमेटम दिएको प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कँडेलले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
एकदिन त पक्कै मेरो मायाले श्रीमानलाई मलेसियाबाट फर्काउँछ(भिडियो)