सुर्खेतमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको जिल्ला भेला

सुर्खेत, मंसीर ६
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, सुर्खेतको जिल्ला भेला सम्पन्न भएको छ । जिफन्ट ६ नं प्रदेश संगठन कमिटीका संयोजक समेत रहेका जिफन्ट राष्ट्रिय कमिटी सचिव कमल गौतमको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।
भेलाले तुलवहादुर वुढाथोकी मगरको अध्यक्षतामा ११ सदस्य सुर्खेत जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः रञ्जन शाही (नर), कुल वहादुर शाही, चक्र वहादुर शाही, विश्वास वली, ओम वहादुर थापा, मोहन वहादुर मगर, बबोराज रेग्मी, नरेन्द्र शाही, वल वहादुर शाही, पदम वहादुर पुन मगर रहेका छन ।

भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि गौतमले जिफन्टका निति तथा कार्यक्रम र जिफन्ट एेक्यवद्धता कोषका वारेमा प्रकाश पारेका थिए । यसैगरी संगठनमा लाग्नुपर्ने कारणहरुका वारेमा तथा नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका वारेमा जिफन्ट ६ नम्वर प्रदेश कमिटीका सचिव तथा यातायात ईन्चार्ज पुर्ण के.सीले प्रकाश पारेका थिए ।

यो पनि पढ्नुहोस्
एकदिन त पक्कै मेरो मायाले श्रीमानलाई मलेसियाबाट फर्काउँछ (भिडियो)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय