रञ्जना लम्साल, काठमाडौं, मंसीर ६
स्वदेशमा रोजगारीको अवशरमा कमीका कारण बर्षेनी झण्डै ५ लाखको हाराहारीमा नेपाली युवा बैदेशिक रोजगारीमा गइरहेको तथ्याँक छ । उनीहरुले कमाएर पठाउने रकमले उनीहरुको घर मात्र होइन देशकै अर्थतन्त्र धानिएको छ । तर त्यसरी बैदेशिक रोजगारीमा जानेहरु र उनीहरुले कमाएर पठाउने रकमको मुलुकमा धेरै चर्चा भएपनि बैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेहरु र तिनिहरुका परिवारका बारेमा भनें खासै चासो दिइएको पाइन्न ।
देशमै बैदेशिक रोजगारीमा जानेहरुको संख्याका हिसावले मुख्य १० जिल्ला भित्र पर्ने नवलपरासीबाट बैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने युवाको संख्या बढ्दो छ । यस आर्थिक वर्षमा मात्रै नवलपरासीबाट १४ जनाले विदेशी भुमीमा ज्यान गुमाएका छन् । यसमध्ये दाउन्ने पुर्वका ७ जना रहेका छन् भनें दाउन्ने पश्चिमका ७ जना हुन् ।
यसरी मृत्यु हुने मध्ये बढी संख्या साउदी अरवमा रोजगारीका लागि पुगेकाहरु रहेका छन । १४ जना मध्ये ८ जनाले साउदी अरबमा ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरु सवै ४० वर्षभन्दा कम उमेरका रहेका छन् । त्यसमध्ये केहीको विदेश पुगेको एक हप्तामा नै ज्यान गएको देखिएको छ । यसले बैदेशिक रोजगारीमा जानेहरुलाई त्यहाँको हावापानी तथा सडकको नियम पालनाका विषयमा जानकारीको अभावका कारण समस्या पर्ने देखिएको छ ।
यसरी मृत्यु भएका मध्ये ८ जनाको शव नेपाल आईपुगेको छ भने ६ वटा अझै प्रक्रियामा नै रहेको कावासोती स्थीत सुचना तथा परामर्श केन्द्रको तथ्याँक छ । नेपाल आउने अधिकांश शव जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना मार्फत आएका छन् । दाउन्ने पुर्व हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ र दाउन्ने पश्चिम ईन्द्रेणी सामाजिक विकास मञ्चले परियोजना मार्फत सुचना केन्द्र सञ्चालन गरीरहेका छन् ।
यसमध्ये साउदीमा ज्यान गुमाएका नवलपरासी तम्सरीया ५ का खुईत प्रसाद महत्तोको शव ल्याउन कठिनाई भईरहेको छ । तर अव १ हप्तामा शव नेपाल आईपुग्ने जानकारी प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) मार्फत सुचना केन्दले पाएको परियोजना संयोजक सितुराम सोतीले जानकारी दिए । त्यस्तै राकाचुली १ का वीरबहादुर सुनारको शव ल्याउन पनि कठिनाई परिरहेको छ । उनी साउदीको आवामा रहेको मताम अल मरासीम रेष्टुरेण्टमा हेल्परको काम गर्दथे । सुनार परिवारले शव ल्याउन सहयोग गरिदिन कावासोतीस्थीत सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा पनि निवेदन दिएका छन् ।
बैदेशिक रोजगारका बारेमा गाइएको गीत सम्वन्धि भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}