काठमाडौं, मंसिर ५-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ८७ पैसा र विक्रि दर ३० रुपैंयाँ ३ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ६१ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७७ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया छ भनें विक्रि दर २९ रुपैंयाँ १६ पैसा रहेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५७ रुपैंया ५ पैसा छ भनें विक्रि दर ३५९ रुपैंयाँ २ पैसा छ । बहराइन दिनारको खरिददर २८८ रुपैंयाँ ४८ छ भनें विक्रि दर २९० रुपैंयाँ ७ पैसा छ ।
तर पछिल्लो समयमा ओरालो लागिरहेको मलेसियन रिंगिट भनें उकालो लाग्न सकेन । रिंगिटको खरिद दर २४ रुपैंयाँ छ ६२ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ७६ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै थियो । अहिले त्यो घटेर २४ रुपैंयामा उत्रिएको छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}