विदेशमा आपतमा पर्नुभयो भनें सरकारले मद्धत गर्छ: प्रधानमन्त्री

काठमाडौं, मंसीर ५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विदेशमा रहेका नेपालीलाई समस्या पर्दा उद्धार गर्ने र राहत उपलव्ध गराउने संकल्प लिएको बताएका छन् । शनिबार राति नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँगमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
“विदेशमा रहेका नेपालीलाई उद्दार गर्ने र राहत दिने मेरो संकल्प छ” प्रधानमन्त्रीले भने “अस्ति पनि केही साथीहरु प्रधानमन्त्री कार्यालयमा आएर धन्यवाद दिनुभयो, आज(शनिवार) मात्रै मैले उद्दार गरिएका पाँचजना युवाहरु भेटे, उहाँहरुका दर्दनाक कुरा सुनें ।”
प्रधानमन्त्री प्रचण्डले सरकारले उद्दार र राहतका लागि प्रयास गरिरहेको भन्दै तर, यी सबै सहायक कुराहरु भएको बताए । स्थायी समाधानका लागि देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने भन्दै उनले त्यसमा सरकार गम्भीर रहेको बताए । प्रधानमन्त्रीले अहिले सरकारको तर्फबाट राहत र उद्दार दिने कुरामा गम्भीरतापूर्वक कदम चालिएको भन्दै त्यसमा आश्वस्त हुन आग्रह गरे ।
यो पनि पढ्नुहोस्
‘प्रधानमन्त्रीज्यू हजुरले प्रयास नगरेको भए म बाँचेर नेपाल आउन सम्भव थिएन’

भिडियो हेर्नुहोस्

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/chjbEXoC18M” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय