चिरन्जिवि तिम्सिना, कतार, मंसीर ४
कतारमा स्थापित चार साहित्यिक संस्थाहरुको सामुहिक आयोजनामा १०७ औ लक्ष्मी जयन्ति सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज, नवोदित साहित्यिक वाचनालय, सन्ध्या ग्र्रुप, अलखोर तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको साहित्य बिभागले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।
उक्त कार्यक्रमका प्रमुख आकर्षक कबि हेमन यात्री रहेका थिए । सो कार्यक्रममा कवि यात्रीको स—शुुल्क एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कवि यात्रीले एकल कविता वाचन गर्नुका साथै आफू कसरी कवि भएँ भन्ने जानकारी गराएका थिए । उनले प्रेरणाका श्रोत महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा आफ्नै आमा रहेको भन्दै आफ्नै पाखा पखेरा, खोला नाला, नदि, फाँट र आफ्नै गाउँ घर, पँधेरी, उकाली ओराली, आफ्नै भाषा धर्म संस्कार संगितका गहकिला र यथार्थपरक दुई दर्जन भन्दा बढी कविता वाचन गरेका थिए ।
कार्यक्रममा बिशेष अतिथि गणेश प्रसाद बन्जाडे तथा तेज कटुवालले आफु संलग्न संस्था सदैव अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार प्रति हातेमालो गर्दैजाने छ भन्दै शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम रेगिस्तानी कवि तीर्थ संगम राईले पनि मन्तव्य राखेका थिए ।
बैदेशिक रोजगारी सम्वन्धि गीत हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}