
बिराटनगर, मंसीर ४
नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विष्णु रिमालले सरकार सवारी चालक, बैंक वित्तिय तथा निजामती कर्मचारी विरुद्ध षडयन्त्र र जालझेलमा लागेको बताएका छन् । रिमालले सरकारले चोरबाटोबाट कानुन संशोधन गरेर चालकहरुलाई फसाउन खोजेको बताए ।
रिमालले पारित हुने अवस्थामा रहेको श्रम ऐन तथा सामाजिक सुरक्षा ऐनलाई ओझेलमा पार्न औद्योगिक व्यवसाय ऐन ल्याएर मजदुरहरुलाई आतंकित बनाउन खोजिएको तर्र्क गरे । आन्दोलन श्रमिकहरुको अधिकार हो भन्दै त्यसलाई प्रभावित बनाउने गरी आउने जुनसुकै ऐन लागु नहुने र गलत ऐन कानूनको प्रतिवाद गर्न आन्दोलनका लागि तयार रहन उनले सवैलाई आग्रह गरे । नीति निर्माण र पार्टीका हरेक तहमा श्रमिकहरुको पहुँच कम भएकाले पार्टीको हरेक तहमा श्रमिकहरुको प्रतिनिधित्वका लागि हस्तक्षेप गर्न समेत रिमालले श्रमिकहरुलाई आग्रह गरे ।
सो अवशरमा जिफन्टका महासचिव विष्णु लम्सालले प्रदेश भित्र रहेका उद्योग र श्रमिकहरुको कार्यस्थलको नक्साङकन गरेर सदस्यता विस्तार गरि शक्ति निर्माणमा प्रदेश कमिटी लाग्नुपर्ने बताए ।
यसअघि प्रमुख अतिथिका रुपमा बोल्दै नेकपा एमालेका सचिव भीम आचार्यले नेकपा एमाले जिफन्ट मार्फत श्रमिकहरुका बीचमा पुगिरहेको भन्दै जिफन्टको कार्यशैलीको प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले, पोलिटव्युरो सदस्य तथा १ नम्बर प्रदेश कमिटीका सहसंयोजक शेरधन राई, जिफन्ट १ नम्वर प्रदेश कमिटी संयोजक दिपक पौडेल, सचिव किशोर धमला लगायतले बोलेका थिए ।
बैदेशिक रोजगार सम्वन्धि भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}