रिंगिटको घट्दो भाउले नेपाली कामदार मर्कामा 

मलेसिया- केही महिनायता मलेसियाली मुद्रा कमजोर हुन थालेपछि यहाँ कार्यरत नेपाली कामदारलाई घाटा भएको छ । अघिल्ला महिनाको तुलनामा मलेसियाली मुद्रा कमजोर हुँदै आएको छ । रिंगिटको भाउ घट्दै गएपछि आफ्ना कमाई नेपाल पठाउँदा कामदारलाई घाटा भएको हो । करिब ५ लाखभन्दा बढी नेपाली कार्यरत मलेसियाबाट वर्षेनी अर्बौं रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिने गरेको छ ।

दुःख गरेर कमाई नेपाल पठाउँदा कम रकम पुग्ने भएपछि नेपाली कामदार मर्कामा परेका छन् । अघिल्लो महिना प्रति रिंगिट करिब २६ रुपैयाँमा कारोबार भइरहेकोमा हाल यस दरमा झण्डै १ रिंगिटभन्दा कम्ती भाउमा कारोबार भइरहेको छ । अमेरिकी डलर बलियो बन्दै जाँदा शुक्रबार एक अमेरिकी डलरको ४ रिंगिट ४० सेन्टमा कारोबार भयो ।

मलेसियामा दर्जनभन्दा बढी रेमिट्यान्स कम्पनी छन् । मलेसियाबाट कानुनी र गैरकानुनी बैंकिङ च्यानलमार्फत अर्बौं रकम नेपाल पुग्ने गरेको छ । मलेसियामा कार्यरत धेरैजसोले महिनैपिच्छे रकम पठाउँछन् । कतिपयले कमाएको रकम भाउ सुध्रने आशामा बैंकमा राखेका छन् ।

बढीजस्तो नेपाली कामदारले केही महिनाको सञ्चित रकम नेपाल पठाउने भएपनि यतिबेला यी मुलुकबाट रकम पठाउँदा कामदारले अघिल्लो वर्षको तुलनामा धेरै घाटा व्यहोर्नुपरेको छ ।

‘पोहोर साल १ हजार पठाउँदा पाउने रकममा अहिले झण्डै डेढसय रिंगिट बढी पठाउनुपर्‍यो ।’ तीन वर्षदेखि क्वालालम्पुरस्थित एक रेष्टुराँमा कार्यरत तनहुँ भिमादका हर्कबहादुर बिसीले भने, ‘अघिल्लो महिना नै पठाउने थिएँ, तर भाउ कम भएकाले बढ्ला र पठाउँला भन्दाभन्दै झन् झन् घटेर बर्बाद भयो ।’

पछिल्लो समय रकम नेपाल पठाउन आउनेहरु घट्न थालेको रेमिट्यान्स कम्पनीमा कार्यरत कर्मचारीहरुको अनुमान छ । ‘अचेल रिंगिटको भाउ घटेको कारणले नै हुनुपर्छ, रकम पठाउन आउनेहरु पहिले पहिलेजस्तो धेरै छैन,’ क्वालालम्पुरको एक रेमिट्यान्स कम्पनीमा कार्यरत कर्मचारीले सुनाए ।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अन्तर्राष्ट्रिय वित्तिय क्षेत्रमा समेत प्रभाव परेसँगै पछिल्ला दिनमा डलर मजबुत हुँदै आएपछि रिंगिटको भाउ कमजोर भएको हो । विश्वबजारमा तेलको मूल्यमा समेत गिरावट आएको छ । रिंगिट सस्तिँदा मलेसियाबाट आप्रवाह हुने रेमिटान्समा समेत कमी हुने गर्दछ । पोहोरको तुलनामा आफ्नो कमाई नेपालमा कम पुग्ने गरेकाले मलेसियामा कामदारहरु खुशी छैनन् ।

मलेसियामा कामदारले न्युनतम एक हजार रिंगिट मासिक कमाइ गर्छन् । तर उक्त रकममध्ये केही रकम लेभी, खाना आदि विभिन्न शीर्षकमा खर्च हुन्छ । विगत महिनायता लगातार डलर महँगिँदा र रिंगिट सस्तिँदा उनीहरु मर्कामा परेका छन् ।

कान्तिपुरबाट 

बैदेशिक रोजगार सम्वन्धि भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय