
मोहन बस्याल, युएई
समस्यामा परेका नेपालीको तत्काल उद्धार गर्न नेपालबाट निर्देशन आउने गरेपनि त्यसका लागि आवश्यक बजेट भनें नआउने गरेको गुनासो युएईका लागि कार्यवाहक राजदुत नेत्र बहादुर टण्डनले गरेका छन् । उनले यसले काम गर्न अप्ठ्यारो परिरहेको बताए । उनले समस्यामा पर्ने नेपालीको उद्धार लगायतका लागि श्रम मन्त्रालय मार्फत रकम आएमा सहज हुने बताए ।
एनआरएनए, युएईको वार्षिक भेलामा प्रमुख अतिथिका रुपमा बोल्दै कार्यवाहक राजदुत टण्डनले दुतावासमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बजेट नपठाएको दुईबर्ष भएपनि बोर्डको पैसाले दुतावासका कर्मचारीले खाजा खाए भनेर हल्ला गरिएको पनि गुनासो गरे ।
टण्डनले बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन आफूहरुले ठूलो प्रयत्न गरिरहेको भन्दै तर यो कुरा नबुझी नेपालबाट प्रधानमन्त्रीको कार्यालयबाट फोन आउने गरेको धारणा राखे । कुरा बुझेपछि नेपाल रेमिट्यान्सले चलेको हुनाले कामदारको हीतमा काम गर्नुस् भन्ने गरिएको उनले बताए । उनले तीनजना कामदार आवश्यक पर्ने कम्पनीले पनि ३ सय जनाको डिमाण्ड बोकेर आउने गरेको र त्यस्तालाई यस्तो गलत काम गर्न रोकिएको कार्यवाहक राजदुत टण्डनको भनाई थियो ।
सो अवशरमा विशेष अतिथिका रुपमा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेलले श्रम सम्झौता नभएका मुलुकमा नेपाली कामदारका हक हितका बिषयमा नेपाल सरकारको जोड बलले मात्र काम नहुने बताए । नेपाली नागरिक रोजगारीका लागि पुग्ने हरेक मुलुकसंग श्रम सम्भौता गर्नका लागि प्रयास भइरहेको भन्दै भूर्तेलले तर त्यो सम्झौताका लागि गन्तव्य मुलुक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।
पूर्वाधारको कमीका कारण श्रम स्वीकृति, पुनःस्वीकृति लगायतका काममा ढिलाई हुने गरेको भन्दै मन्त्रालयका प्रवक्ता समेत रहेका भूर्तेलले यसका लागि विहानैदेखि राति १० बजेसम्म काम गर्दा पनि समयमा सेवा दिन नसकिएको बाध्यता सुनाए ।
सो अवशरमा अध्यागमन विभागका निर्देशक बासुदेव घिमिरेले आफू एक बर्ष अघि विभागमा आएको भन्दै आफूले पनि धेरै सेटिङ सेटिङ भनेको सुनेको तर नदेखेको दावी गरे । उनले कसैलाई चित्त बुझेन भने सेटिङ भनिदिने चलन जस्तै भएको भन्दै यो केवल हल्ला भएको बताए ।
उनले भने “म चार वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरेर त्यहाँ पुगेको मान्छे हुँ । ३६ बर्षको भए । म पनि युवा हुँ । ममा पनि केही गरौ भन्ने जोश छ । म आएपछि के के सुधार भए हेर्नुस । विगतमा के थियो हैन अहिले कस्तो छ भनेर हेर्नुस । गुनासो भए बताउनुुस् ।”
उनले यसो भनेपछि केहि सहभागिहरुले गलत कुरा गरिएको भन्दै आफूहरु प्रमाण दिन तयार रहेको भन्दै होहल्ला गरेका थिए । आफ्नो भनाईको प्रतिवाद गर्दै निर्देशक घिमिरेले कसैले लिखित रुपमा विभागमा एउटा पनि गुनासो लिखित रुपमा नपरेको बताए । उनले गनासो आएमा समाधान गर्न सक्ने बताए ।
उनले अध्यागमन विभागको काममा सुधार ल्याउन कतिपय सुधारका कुरा गर्नुपर्ने भन्दै उनले तयसका लागि कानुन, पूर्वाधार तथा कर्मचारीको व्यवहारमा सुधारको खाँचो औंल्याए । पुरानो र छोटो कानुन भएकाले धेरै कुरा कार्यविधि र निर्देशिकामा भर परेर काम गर्नु परिरहेको भन्दै उनले अब प्रष्ट र विस्तृत कानुन ल्याउनु आवश्यक भएको र त्यसका लागि विभागले गृह मन्त्रालयमा लेखेर पठाएको जानकारी गराए । उनले पूर्वाधार विकासका लागि पनि प्रयासरत रहेको र कर्मचारीको व्यवहार परिवर्तनका लागि आवश्यक तालिम दिएर मात्र कर्मचारी राख्ने व्यवस्था गरिएको बताए ।
उनले कुनै समस्या परेमा ईमेल, टोल फ्रि नम्बर, गुनासो सुन्ने अधिकारी सवै व्यवस्था गरिएको भन्दै त्यहाँ जानकारी गराउन आग्रह गरे ।
बैदेशिक रोजगार सम्वन्धि गीत हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}