काठमाडौं, मंसीर २
बैदेशिक रोजगारका लागि ब्रुनाई पठाइदिने आश्वासन दिएर ३० जनाबाट झण्डै डेढ करोड ठगि गरेको अभियोगमा प्रहरीले एक मेनपावर कम्पनीका सञ्चालकलाई पक्राउ गरेको छ । महानगरिय प्रहरी महाशाखाले ईलान ईन्टरनेशनलका सञ्चालक घनश्याम अर्याललाई अनामनगरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अर्यालले दिपकप्रसाद न्यौपाने सहित ३० जनासँगबाट ब्रुनाई पठाइदिने भन्दै १ करोड ३० लाख उठाएका थिए । आकर्षक तलवको प्रलोभन देखाएर उनले रकम उठाएको पीडितले बताएका छन । रक उठाएर सम्पर्कविहिन भएका अर्याललाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।
अर्यालले पिडितसँग रकम उठाउनको लागि नक्कली डिमान्ड र भिषा पेपर देखाएर ठगी गरेका थिए । हाल उनलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरिय प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।
बैदेशिक रोजगार सम्वन्धि गन्धर्व गीत हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}