
काठमाडौं, मंसिर १
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ६६ पैसा र विक्रि दर २९ रुपैंयाँ ८२ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ४० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ५६ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ७९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ९५ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ ९० पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ४ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास छ । तर अहिले त्यो २४ रुपैंयामा उत्रिएको छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५५ रुपैंया २१ पैसा छ भनें विक्रि दर ३५७ रुपैंयाँ १८ पैसा छ । बहराइन दिनारको खरिददर २८६ रुपैंयाँ ४७ छ भनें विक्रि दर २८८ रुपैंयाँ ०६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/w6pnyP7Ri6c” frameborder=”0″ allowfullscreen></iframe>{/source}