साउदीबाट ठूलो संख्यामा कामदार डिपोर्ट गरिए 

काठमाडौं, कात्तिक ३० 

साउदी अरबले गत बर्ष नेपाली सहित चार लाख ८० हजार आप्रबासी कामदारलाई डिपोर्ट गरेको छ । साउदीको स्थानीय आवसीय कानुनलाई उल्लंघन गर्ने कामदारलाई डिपोर्ट गरेको हो । साउदीले स्पोन्सरबाट भागेका आप्रबासी कामदारलाई डिपोर्ट गरी पठाएपछि  पुनः साउदी कहिल्यै फर्किन नपाउने स्पष्ट पारेको छ । गैरकागजात हैसियतबाट डिपोर्ट भएकाहरु केही बर्षपछि पुन काम गर्न साउदी फर्किन पाउने हल्ला भइरहेको अबस्थामा साउदीले आफ्नो धारण स्पष्ट गरेको हो ।

‘स्पोन्सर छाडेर डिपोर्टमा परेका कामदार फेरी साउदीमा आउन प्रतिवन्ध छ,’ मक्का राहदानी तथा प्रहरीका निर्देशक प्रहरी मेजर जनरल खलिफाल्लाह अल–टुवार्कीले स्थानीय सञ्चारमाध्यमलाई भने,‘यसमा केही हेरफेर गरिएको छैन ।’

उनका अनुसार साउदी स्पोन्सर (हुरुब) बाट भागेका आप्रबासीलाई एक लाख रियाल जरिवाना, डिपोर्ट र साउदी आउन प्रतिवन्ध लगाउने नियम छ । गत वर्ष चार लाख ८० हजार आप्रबासी भागेका कामदारलाई साउदीबाट डिपोर्ट गरेको उनले बताए ।

 ‘भागेका कामदारलाई सेल्टर दिनुको साथै ओसारप्रसार गर्ने १६ हजार ३ सय ८६ जनालाई कारबाही गरिएको छ’, उनले भने । 

साउदीमा म्यानपावरसँग सम्झौता गरे अनुसार तलव, सेवा सुबिधा तथा काम दिन नसक्ने कम्पनीबाट नेपाली सहित आप्रबासी कामदार स्पोन्सर छाडेर भाग्ने गरेको छ । त्यसरी भागेका कामदार अनिवार्य जेल बसेर आउने गरेका छन् । 

कान्तिपुरबाट 

फरक प्रसंगको यो भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/w6pnyP7Ri6c” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: