अलपत्र १० जना मध्ये दुई नेपाली स्वदेश फिर्ता

कुमार अविरल पन्थी, कतार, कात्तिक ३०
कतारमा करिव दुई महिना देखि अलपत्र परेका १० जना नेपाली मध्ये दुइजना नेपाल फर्किएका छन् । नेपाल फर्किनेहरुमा तिलक भुजेल र अम्बर थेगिंग रहेका छन् । उनीहरुलाई गुल्मी सेवा समाज कतार, झविन्द्र आचार्यको समन्वय तथा नेपाली राजदूतावास, कतारको सहयोगमा नेपाल फर्काइएको हो ।

बिगत २ महिना देखि कम्पनि मालिक फरार भएपछि मोरंगका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताजपुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी, र गुल्मीका गंगा बहादुर थापा र वीर बहादुर बि.क. अलपत्र परेका थिए ।

उनीहरु मध्ये तिलक भुजेल र अम्बर थेगिंग नेपाल फर्किएको र बाँकि रहेका ८ जना नेपालीलाई एक हप्ता भित्रमा नेपाल फर्काउन पहल भइरहेको आचार्यले जानकारी दिए । आचार्यका अनुसार बाँकी नेपालीलाई स्वदेश फर्काउन दूतावाससँगको सहकार्यमा प्रयास जारी छ । कम्पनि मालिकलाई दूतावासले पटक पटक गरेको ताकेतामा विभिन्न बहाना बनाएर उम्किरहेको भन्दै अन्यायमा परेका नेपालीलाई स्वदेश फर्काउन यथाशिघ्र व्यवस्था मिलाइने उनले बताए ।

उनीहरु कार्यरत रहेको अल वाजिर कम्पनीले टिकट उपलब्ध नगराएमा त्यसको बैकल्पिक व्यवस्थाका लागि प्रयास भइरहेको आचार्यको भनाई छ । अल वाजिर कम्पनीका मालिक कामदारलाई बिचल्लीमा पारेर झण्डै २ महिनायता सम्पर्कविहिन भएको यसअघि समाचार प्रकाशित भएको थियो । त्यसपछि गरिएको ताकेतामा कम्पनि मालिक सम्पर्कमा आएर ५ जनालाई १ हजार रियालका दरले ५ हजार कतारी रियाल उपलब्ध गराएका थिए । बाँकि पाँच जनालाई केहि दिन भित्र बाकि रहेको रकम उपलब्ध गराउने बताए पनि अहिले कम्पनि मालिक पुनः सम्पर्कबिहिन भएका छन् ।

काठमाडौंको बसुन्धरा स्थित ग्लोबल डाइनामिक मेनपावरबाट पाच जना एक बर्ष अघि र पाच जना छ महिना अघि मासिक १ हजार तलव र दुईसय खाना खर्चको शर्तमा कतार आएका थिए ।
कम्पनिले बिचल्ली बनाएर अलपत्र परेका पिडितहरुलाई  खाना  समस्या परेपछि निरन्तर रुपमा गुल्मी सेवा समाज कतारले खाद्यान्न सहयोग गर्दै आइरहेको छ । कतारमा स्थापित अन्य सामाजिक सस्थाले पनि उनीहरुलाई राहत उपलब्ध गराएको  पिडितहरुले बताएका छन ।

कतारको नयाँ श्रम कानून सम्वन्धि यो भिडियो हेर्नुहोस्

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: