काठमाडौैं, कात्तिक ३०
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले दुई महिनाअघि साउदी अरेबियाको दमाममा मृत्यु भएका नेपालगञ्ज–४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न साउदी अरेबियाका लागि नेपाली दूताबासलाई निर्देशन दिएक छन् । प्रधानमन्त्रीले सोमबार परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई फोन गरी हलवाईको शव तुरुन्तै नेपाल ल्याउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनलगत्तै परराष्ट्र सचिव बैरागीले नेपालका लागि साउदी अरेबियाका कार्यबाहक राजदूत आनन्द शर्मालाई टेलिफोन गरी हलवाईको शव नेपाल ल्याउनेबारे प्रधानमन्त्रीको निर्देशन अवगत गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैरागीले प्रधानमन्त्रीको निर्देशन अवगत गराएपछि कार्यवाहक राजदूत शर्माले हलवाईको शव नेपाल ल्याउने व्यवस्था गर्न दूताबासले तुरुन्तै प्रक्रिया अगाडि बढाउने र तीन, चार दिनभित्रै शब नेपाल आउने विश्वास दिलाएको सचिवालले जनाएको छ ।
यो पनि पढ्नुहोस्
सरकारका सय दिनः बैदेशिक रोजगारमा के भयो, के भएन ?