गलत काम गर्नेलाई छोड्दिनः मलेसियाका लागि नेपाली राजदुत बस्न्यात

 

सुदीप निउरे,कार्तिक २९, क्वालालम्पुर

मलेसियास्थित नेपाली राजदुत डाक्टर निरञ्जनमानसिंह बस्न्यातले अनावश्यक काम गर्ने जो कोहीलाई पनि नछोड्ने बताएका छन् । राजदुतावासको सभाहलमा आयोजित अन्तरक्रियामा बोल्दै राजदुत बस्न्यातले नेपाली कामदारलाई दुःखसास्ती दिने १४, १५ जना जति नेपाली आफ्नो हिट लिष्टमा रहेको जानकारी दिए । “केहिलाई नेपाल डिपोर्ट गरी सकेको छु अब धेरैलाई त्यसैगरि डिपोट गर्न नपरोस” उनले चेतावनी दिए । 

राजदुत बस्न्यातको लिष्टका को को छन भन्ने कुरा उनले सार्वजनिक भने गरेनन् । मलेसियामा रहेका नेपाली कामदारको पक्षमा राजदुतावास सदैव लागि परेको र आगामी दिनमा पनि यसैगरि लागि पर्ने उनले स्पष्ट पारे । आफुले राम्रो काम गरेपनि पटक पटक आफुलाई बदनाम गराउने प्रयास गरिएको राजदुत बस्न्यातको भनाई छ । “नबिराउनु ,नडराउनु  मैले कसैको केहि बिगार गरेको पनि छैन, म डराउँदा पनि डराउँदिन” भन्दै राजदुत बस्न्यातले नेपाली कामदारलाई दुःख दिने जो कोहीलाई पनि कानुनी कठघरामा उभ्याईने बिश्वास ब्यक्त गरे । 

अबैधानिक नेपाली कामदारलाई घर पठाउने नाममा चर्को रकम असुली भईरहेको प्रति कार्यक्रमका सहभागीले राजदुत बस्न्यातको ध्यानाकर्षण गराएका थिए । यसबारेमा बोल्दै राजदुत डाक्टर बस्न्यातले अबैधानिक भई बसेका र घर जान चाहनेहरु माथी भैरहेको ब्यापक ठगीबारे आफुहरुमा उजुरी परे अनुसार कारबाही भईरहेको पनि बताए । 

राजदुत डाक्टर बस्न्यातको अध्यक्षतामा भएको कार्यक्रममा राजदुतावासका कर्मचारी ,पत्रकार, बिभिन्न कम्पनिमा काम गर्ने नेपाली मजदुर, बिभिन्न संघ संस्थाका प्रतिनिधि, पेशा ब्यवसाय सञ्चालन गरेर बसेका ब्यवसायीहरु, बिभिन्न राजनितिक दलका भातृसंगठन लगायतको उल्लेख्य उपस्थिती थियो । 

कार्यक्रमको उदघाटन गर्दै राजदुत डाक्टर बस्न्यातले मलेसियास्थित नेपाली राजदुतावासले दिंदै आएको सेवा सुबिधा, राजदुतावासले मजदुरको हितको लागि सञ्चालनमा ल्याएका बिभिन्न कार्यक्रमहरु, मलेसिया सरकारसँग भईरहेका कुटनीतिक पहलहरु लगायतका बारेमा प्रकाश पारे । 

कार्यक्रमका सहभागीहरुले राजदुत डाक्टर बस्न्याससंग प्रत्यक्ष आफ्ना गुनासा, समस्या तथा कम्पनिहरुबाट आईपर्ने बिभिन्न खाले समस्या राखेका थिए । नेपाली कामदारहरुले राखेका समस्याहरुबारे बोल्दै राजदुत बस्न्यातले मलेसियामा कोही पनि नेपालीले दुःख सास्ती नपरोस्, समस्यामा नपरोस भन्दै कामदारसम्म पहुच पुर्याउने काम भैरहेको बताए । राजदुतावास कामदार केन्द्रित भएर काम गरिरहेको बताउँदै डाक्टर बस्न्यातले कामदारसम्म राजदुतावासको पहुच पुर्याउन २४ घण्टे हटलाईन सेवा, फेसबुक पेज, बिभिन्न मद्धा मामिला हेर्नको लागि स्थानिय वकिलको ब्यवस्था, रेडीयो कार्यक्रम  लगाएत सञ्चालनमा ल्याईएको जानकारी दिए । 

कोही कसैले ठगी गरेको भए राजदुतावासले सञ्चालनमा ल्याएका बिभिन्न सेवाको सदुपयोग गर्दै आफुहरुलाई उजुरी गर्न पनि राजदुत बस्न्यातले सबैमा आग्रह गरेका छन् । 

कार्यक्रमका सहभागीले राजदुतावासको सेवा राजधानी क्वालालम्परमा मात्र केन्द्रित भएको गुनासो गरेका छन् । सहभागीले राजधानी भन्दा टाढा रहेको  जोहोरबारु  र पेनाङ राज्यसम्म रहेका नेपाली कामदारसम्म सेवा बिस्तार गर्न सुझाव दिए । राजदुतावासमा कर्मचारीको संख्या न्युन भएका कारणले पनि सेवा प्रभावकारी हुन नसकेको राजदुत बस्न्यातले बताए । हाल राजदुतावासमा  २१ जना कर्मचारी तोकिए पनि नेपाली सरकारले १७ जना मात्र खटाएको छ । 

यसैबीच मलेसियामा  घरफिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई घर फर्काउन सहयोग स्वरुप परदेशि धमाका कार्यक्रम समुहले आरएम ५ हजार सहयोग गरेको छ । दीपावलीको अवसरमा आयोजित परदेशी धमाका –२०१६ साङगितिक कार्यक्रमका आयोजक दिल केरुङ लिम्बूले दुताबासले गरेको अन्तरक्रिया कार्यक्रमकै अबसरमा राजदुत डाक्टर बस्नेतलाई चेक हस्तान्तरण गरेका छन ।

फरक प्रसँगको यो भिडियोे हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय