दुई नेपाली लागु औषध सहित पक्राउ

हरिकृष्ण न्यौपाने, कुवेत, कात्तिक २७
कुवेतको अमादी सुरक्षा बिभागले दुई जना नेपाली कामदारहरुलाई लागू पदार्थ सहित पक्राउ गरेको छ । ति दुई नेपालीहरुलाई कुवेतको महाबुल्लाबाट ९ प्याकेट हिरोइन सहित समातिएको हो ।

कुवेतको अनलाइन पोर्ट आइमानमातमा जनाइए अनुसार कुवेत अहमादी प्रहरी पेट्रोलिङले ति हिडिरहेका नेपालीलाई रोक्न खोज्दा उनीहरु भाग्न खोजेको जनाइएको छ । तर प्रहरीले पेट्रोलिङ कारबाट ओर्लिएरै पिछा गरी उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका नेपालीहरुको नाम, ठेगाना र कुवेतमा काम गर्ने कम्पनीको नाम नखुलाइए पनि उनीहरुलाई लागू औषध नियन्त्रण बिभाग कुवेतमा बुझाईएको समाचारमा उल्लेख गरिएको छ ।

कतारको श्ररुम कानूनमा के हुँदैछ परिवर्तन ? भिडियो हेर्नुहोस्

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय