मलेसियाको निर्माण क्षेत्रमा ६ बर्षमा ४ सय बढी कामदारको मृत्यु 

सुदीप निउरे, क्वालालम्पुर, कार्तिक २७

मलेसियाको निर्माण क्षेत्रमा मात्रै ६ बर्षमा ४ सय २ जना कामदारले ज्यान गुमाएका छन् । सबै जनाको कामको शिलशिलामा ज्यान गएको मानव संशाधन सहायकमन्त्रि दातुक सेरी स्माईल अब्द मुत्तालिबलाई उध्रित गर्दै यहांको सरकारी सञ्चार माध्यम बर्नामाले जनाएको छ । यद्यपी मृत्यु हुनेहरुमा कुन देशका कामदार कति परे भन्ने बारेमा केहि पनि खुलाईएको छैन ।

मानव संशाधन मन्त्रालयको आंकडा उल्लेख गर्दै सहायकमन्त्रि मत्तालिबले सन् २०११ यता कामकै शिलशिलामा अन्य ५ सय ९४ जना गम्भिर घाईते भएको बताए । यस बर्ष मात्रै गत जनवरी यता ५५ जना कामदारको ज्यान गएको तथा अन्य ९५ जना गम्भिर घाईते भएको मानव संशाधन मन्त्रालयको ब्यवसायीक सुरक्षा तथा स्वास्थ्य बिभागको रिपोर्टले देखाउँछ ।

बिभागको रिपोर्ट अनुसार गत बर्ष पनि ८८ जना कामदारले निर्माण क्षेत्रमा काम गर्दागर्दै ज्यान गुमाएका थिए । अन्य १ सय ४८ जना कामदार गम्भिर घाईते भएको पनि रिपोर्टमा उल्लेख छ । सन २०१३ यता निर्माण क्षेत्रमा कामदार बाहेक अन्य ६ जनाले पनि ज्यान गुमाएका छन् । 

यो तथ्यांक निर्माण क्षेत्रको मात्र हो । मलेसियामा आप्रवासी कामदारका लागि ५ वटा क्षेत्र खुल्ला गरिएको छ । निर्माण बाहेक बिनिर्माण अर्थात उद्योग कलकारखाना, सेवा, कृषि र बगान क्षेत्रमा काम गर्ने कामदारको एकमुस्ट बिवरण भने सार्बजनिक गरिएको छैन । मलेसियामा गत बर्ष सबै क्षेत्रमा काम गर्ने ४ सय २५ जना नेपालीले बिभिन्न कारणबाट ज्यान गुमाएका थिए ।

यस बर्ष के कति नेपालीले यहाँ ज्यान गुमाए भन्ने तथ्यांक आउन भने बांकी छ । गतबर्ष सबै भन्दा धेरै झण्डै एक हजार ईण्डोनेसिनले यहां ज्यान गुमाएका थिए । मलेसियामा निर्माण तथा उद्योग कलकारखानामा कामगर्ने कामदारको धेरैजसो सुतेकै अवस्थामा ज्यान जाने गरेको पाईन्छ । यस्तै सवारी दुर्घटनाका कारण पनि धेरैजसो आप्रवासी कामदारले मलेसियामा ज्यान गुमाउने गरेका छन् ।

फरक प्रसँगको यो भिडियोे हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय