
काठमाडौं, कात्तिक २७– ७५ जना सुरक्षा मजदुर अखिल नेपाल सेक्यूरिटी मजदुर संघ परित्याग गरी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु जिफन्ट प्रवेश गरेका हुन् । नेपाल ट्रेड यूनियन महासंघका प्रदेश नं.३ का संयोजक जनक चौधरीले नव प्रवेशीहरुलाई अविर लगाएर स्वागत गरे ।
यसरी जिफन्ट प्रवेश गर्नेहरुमा माओवादी निकटको सेक्यूरिटी मजदूर संघका केन्द्रीय सचिवालय सदस्य रहेका जिफोरएस मूल कमिटी सचिव भरत धामी, केन्द्रीय सचिवालय सदस्य रमेश गौतम, केन्द्रीय सदस्यहरु हरी कटुवाल, प्रकाश चन्द, राजेन्द्र नेगी, बिष्णु बानिया लगायत छन् । उनीहरुलाई सुरक्ष श्रमिक ट्रेड यूनियनको सदस्यता प्रदान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिफन्टका उपमहासचिवले चौधरीले जिफन्टको नीति कार्यक्रम र सदस्यहरुले प्राप्त गर्ने सेवा सुविधाका बारेमा जानकारी गराए । प्रदेश नं. ३ का सदस्य तथा क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुईंटेलले विगतका तितापिरा घटनाहरुबाट शिक्षा लिंदै आगामी दिनमा मजदुरहरुको हितमा काम गर्न अनुरोध गरे ।
जिफन्ट प्रवेश गरेकाहरुका तर्फबट भरत धामीले बिगतमा आफु आवद्ध संगठनले मजदुरहरुको हित बिपरीत ब्यवस्थापकको हितमा काम गरेको गुनासो गरे । उनले नेतृत्वले संगठनको नीति भन्दापनि ब्यक्तिगत हितमा काम गरेकोले हुँदा जिफन्ट आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रबेश गरेको बताए ।
सो अवशरमा नेपाल सुरक्षा श्रमिक टे्रड यूनियनका अध्यक्ष गणेश श्रेष्ठ तथा महासचिव राजमणी भण्डारीले पनि नवप्रवेशीहरुलाई स्वागत गर्दै आफ्ना भनाई राखेका थिए ।
कतारको नयाँ कानूनबारेको यो भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}