त्रिलोचन कोइराला, युएई, कात्तिक २७
नेपाली फिल्म हलमा व्यावसायिक रुपमा सफल फिल्म छक्कापञ्जा युएईमा दोस्रो दिन पनि हाउसफुल भएको छ । युएईको फुझेरामा एक दर्जन स्थानीय अरबीहरुले पनि नेपाली चलचित्र हेरेका छन ।
चलचित्र दुबई, अबुधाबी,फुजेराह, रसअलखेमा, अलऐन, अजमान, अलकोजका बिभिन्न १९ हलमा प्रर्दशनी भएको कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्र प्रदर्शन गर्ने राजन अधिकारीले बताए ।
नेपालमा दर्शकले मनपराएको चलचित्र ‘छक्कापञ्जा’ संयुक्त अरब ईमिरेट्स (युएई)का दर्शकको बहुप्रतिक्षित चलचित्र हो । नेपाली चलचित्रमध्ये उच्च कमाइ गर्ने रेकर्ड राखिरहेको ‘छक्कापञ्जा’ युएईका बिभिन्न ८ शहरका १९ सिनेमा हलमा प्रर्दशनी भएको हो । युएईका स्थानीय वितरकसँग सहकार्यगरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा अक्टोबर १४ देखि नेपाली चलचित्र कानुनी अनुमति लिएरै प्रदर्शन सुरु गरिएको थियो । बैधानिक सम्झौता पछि युएईमा नेपाली चलचित्र ‘वीर विक्रम’ पहिलोपटक प्रर्दशनी भएको हो ।
युएईमा नोभेम्बर १० तारिक साँझ पनि बरदुबईको क्यारिफोर सिटीसेण्टरको भोक्स सिन्धगा सिनेमा हल, नेसनल सिनेमा हमदान अबुधाबीमा र फुजेराहको स्टार दाना भोक्स सिनेमा हलमा छक्कापञ्जा हाउसफुल भएको थियो ।
दीपाश्री निरौलाद्वारा निर्दे्शित पहिलो चलचित्र ‘छक्कापञ्जा’मा दीपकराज गिरी, प्रियंका कार्र्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा गरिबीका कारण विदेशिन वाध्य आमनेपालीको अवस्था र विदेश गइसकेपछि भएको सामाजिक तथा पारिवारिक विचलन उजागर गरेको छ ।
भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/w6pnyP7Ri6c” frameborder=”0″ allowfullscreen></iframe>{/source}
