लोडसेडिङ मुक्त अभियान र हनुमानहरुको राग

मोहन बस्याल, युएई  

ओम जय जनार्दन हरे

प्रभु जय प्रचण्ड हरे

भक्तजनोके संकट दुर करे

ओम जय जनार्दन हरे

सायद यस्तै भजन गाएर बसेको भए सत्तासिन दलका कार्यकर्ताको वाहवाही हुन्थ्यो होला आम नागरिकले ठूलो अपेक्षा गरेको तर अपेक्षाकृत काम गर्न नसकेको भनेर वर्तमान सरकार प्रमुखको क्षमतामाथि प्रश्न उठाउँदा धेरैजनाको निद्रा हराएछ पङ्तिकार निष्पक्ष भएन, पुर्वाग्रही भयो भन्ने आरोप पनि लगाईयो तर समय आएपछि थाहा हुन्छ मैले लेखेका शब्द शब्दको जिम्मेवारी लिन तयार छु आज होईन १० बर्षपछि पनि  पुर्वाग्रही भएँ वा तिनिहरुले आँखामा पटिट् बाँधेर बसे त्यो समयक्रममा खुल्दै जाला

कसैको आलोचना गर्दा नेपालमा भएका सबैको आलोचना गर्नुपर्छ भन्ने मान्यतासँग सहमत छैन कसैको प्रशंसा गर्दा भएजति सबैको प्रशंसा गर्नुपर्छ भन्नेसँग पनि सहमत छैन जसको प्रसँग उसैको बिषयमा कुरा हुन्छ कुनै पनि मानिसका सबै पक्ष राम्रा सबै पक्ष नराम्रा हुँदैनन् हरेक मानिससँग कुनै कुनै बिषेश क्षमता हुन्छ कुनै कुनै कमजोरी पनि हुन्छ कुरा ठुला गर्ने ब्यवहारमा शुन्य देखिएपछि प्रशंसा भन्दा आलोचना नै गर्न मन लाग्दो रैछ

सशस्त्र संघर्ष देखिनै शुरु भएको अफवाहको कर्तुत सत्तासिन हँदा पनि छोड्न नसकेको देखेर कहिलेकाही हग्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो  लाज लागेर आउँछ फेसबुक यसरी रंगिएको मानौ:

यो सगरमाथा प्रचण्डकै कारण अग्लीएर सबै भन्दा अग्लो भएको हो

नारायणी प्रचण्डकै कारण बगि रहेको हो

प्रचण्ड यहाँ नेता हुने थाहा पाएर खोज्दै आएर बुद्ध यहाँ जन्मिएका हुन्

प्रचण्ड यो मुलुकमा नेता नभएको भए सायद हरेक दिन बिहान पुर्बबाट घाम  पनि उदाउँदैन थियो

, त्यो तरकारीवालीको तस्विर पनि प्रचण्डकै निर्देशनमा भाईरल भएको हो

सुशील कोईराला नेतृत्वको सरकारले सय दिन मनाउँदा तत्कालिन सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सार्वजनिक गरेको विवरणमा नेपाली क्रिकेट खेलाडीले अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा राम्रो प्रदर्शन गरेको कुरा पनि समेटीएको थियो यसरी दाबी गरिएको थियो की सो खेलमा छक्का चौका हान्न स्वयं मन्त्रिहरुनै सामेल भएका थिए तर सत्य के हो भने सुशील कोईराला नेतृत्वको सरकारले पहिलो दिन कुनै पनि सरकारी निकायबाट पाँच हजार भन्दा बढि खर्च गर्नुपर्दा तीन दिन अघि ईन्टरनेट मार्फत सार्बजनिक गरेर मात्र भुक्तानी गर्ने ब्यवस्था गर्ने निर्णय गरेको थियो तर त्यसको कार्यान्वयन गर्ने तर्फ कार्यकालभरी नै सिन्कोसम्म भाँचिएन

अहिले सत्तासिनहरुले त्यस्तो दाबी आफै गर्न दौडिएका छैनन तर उनका समथर्कहरु माथिका पङ्तिमा भने जस्तै दौडी रहेका छन् चितवनका पत्रकार रमेश पौडेलले फेसवुकमा पोष्ट गर्दै ब्यङग्य गर्नु भयो दिपक दिपाको छक्कापञ्जा पनि प्रचण्डकै कारण हिट भएको हो

. केपि ओलीले गएको बर्ष दुई बर्ष भित्र लोडसेडिङ मुक्त बनाउछु भनेर उद्घोष गर्दा आलोचना गर्ने मजाकमा उडाउनेहरु काठमाडौं लगायतका शहरमा केही समयका लागि लोड सेडिङमुक्त हुँदा जस लिन तँछाड मँछाड गर्दै छन् नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ क्षमतावान कर्मचारी हुन केही गरौं भन्ने भावना भएका कर्मचारी हुन यसमा शंका गर्ने ठाउँ छैन अहिले उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका जनार्दन शर्मा, प्रभाकर पनि जोश जाँगरले भरिएका नेता हुन मलाई लाग्दैन यि दुईजनालाई यो कुरामा कुनै जस चाहिएको होला किनकी उनीहरुको काँधमा धेरै कुरा गर्नुपर्ने जिम्मेवारी तर हुटिट्याउँहरुलाई भने जवरजस्ति क्षणिक लोडसेडिङ मुक्तको जस भिडाउन आत्तुरी परेको पछिल्ला दिनमा जलविद्युत आयोजनाका लागि कम्पनी निर्माण, स्रोत संकलनका लागि गरि रहेको प्रयास, यसमा रेमिट्यान्सको लगानी भित्रियाउन गरेको प्रयास सह्रानीय यस बिषयमा आफ्ना धारणा अर्को आलेखमा विस्तृतमै लेख्ने योजनामा छु

. कतिपयले बक्यौता नतिर्नेको लाईन काटिएपछि लोड सेडिङ हटेको भनेका छन् विद्युत चुहावट घटेको कुरा सत्य हो तर भारतबाट विद्युत ल्याएको केही नयाँ विद्युत गृहबाट उत्पादन भएको विद्युत प्रसारण लाईनमा जोडिएको तथ्यसँग ति हुटिट्याउहरु जानकार छैनन वा हल्लाकै लागि हल्ला गरि रहेछन् बुझिनसक्नु बजार हल्ला यसरी गरिएको  की एमाले नेताहरुले नेपालको विद्युत दराजमा थुनेर राखेका थिए अहिलेको सरकारले निकालेर आम नागरिकलाई बाँडेको बिभिन्न वेभसाईटमा समाचारको शैलीमा लाज लाग्दा गलफती लेखेर पोष्ट गरेको पनि देखियो अरु अरु मिटर बिगार्न एमालेले टिम परिचालन गरेको भनेर लेखेको पनि फेसवुकमा देखियो तर सत्य के हो समय आएपछि थाहा हुन्छ हुनत यस्तो पोष्ट गर्नेहरु बिगतमा ट्रान्सफर्मरहरु जलाउने, चोर्ने, विद्युत आयोजना गहृमा बम पड्काउनेहरु नै छन् सायद अरुले पनि त्यसै गर्छन भनेर सोच्दा हुन्

. नेपाललाई सदाका लागि लोडसेडिङ मुक्त गर्न युएईमा बस्ने नेपालीहरु मात्र एकजुट भए पनि सम्भव यस बिषयमा अर्को साता विस्तृतमा आलेख लेख्नेछु केपी ओलीले दुईबर्ष भित्रमा लोडसेडिङ मुक्त गर्ने घोषणा गरेपछि आआफ्ना जिल्लामा निर्माणाधिन रहेका जलविद्युत आयोजना निर्माणको गति तिव्रपार्न स्थानीय पार्टी पङ्ति सकृय भएको, देश विदेशमा रहेका लगानीकर्तालाई जुटाएर विभिन्न साना तथा मझौला स्तरका जलविद्युत आयोेजना निर्माणका लागि कम्पनी दर्ता, तथा सम्भाब्यता अध्ययन लगायतका कुरा अगाडी बढेको तर जस लिन तँछाड मँछाड गर्ने भिडलाई यो थाहा छैन जलविद्युत आयोजना निर्माण गर्न आउनेलाई अनेकौं माग तेर्साएर तर्साएर भगाउनेहरुलाई यसको मतव पनि छैन नत्र खै माओबादीको अगुवाईमा कुन कुन जलविद्युत आयोजना बन्दैछ ? सोधी खोजी गरेको त्यसका लागि कृयाशिल भएको ? फेसबुकमा गरेको कुकुर भुकाईले उर्जामा मुलक आत्मनिर्भर हुन सक्दैन

. यस अघि गोकर्ण बिष्ट उर्जा मन्त्रि हुँदा उनले प्राधिकरणको अध्यक्ष मन्त्रि हुने व्यवस्था हटाए, प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख चयन गर्न सकिने ब्यवस्था मिलाए बक्यौता नतिर्ने ग्राहकको लाइन काट्न आफैं पनि खटिए त्यस बेला चितवनमा थिएँ चितवन नेपालकै बढि विद्युत चुहावट हुने जिल्ला मध्ये तेस्रो जिल्लामा थियो त्यहाँ मौसम अनुसार ३१ देखि ४८ प्रतिशतसम्म विद्युत चुहावट हुने गथ्र्यो विद्युत प्राधिकरणले चुहावट नियन्त्रणका लागि अभियान चलाएपछि अहिले ११ प्रतिशत भन्दा कम मात्र चुहावट हुने गरेको तथ्यांक मलाई थाहा हुक गरेर जोखिमयुक्त ढंगले विद्युत चोरी गरिएका भाटा थुत्न जाँदा माओवादी लगायतका स्थानीय नेता कार्यकर्ताले अवरोध गरेपछि प्रहरी लिएर जानु परेको कुरा तर आजका दिनमा माओबादीकै मन्त्रिले बक्यौता नतिर्नेको लाईन काट्न निर्देशन दिएकाले मुलकमा केही होला भन्ने आशा गर्न ठाउँ बनेको

 .साँच्चिकै लोडिङमुक्त मुलुक उर्जामा आत्मनिर्भर मुलुक बनाउने हो भने सम्भावित जलविद्युत आयोजना निर्माणको काम तिब्रगतिमा अगाडी बढाउनुपर्छ गाउँमा जलविद्युत आयोजना निर्माणका लागि आउनेलाई अनावश्यक माग राखेर तर्साउन भन्दा आवश्यक सहयोग गर्र्नुपर्छ अब दलहरु बीच जलविद्युत बनाउन प्रतिस्पर्धा हुनुपर्छ नेपालमा सय मेघावाट विद्युत मात्र थप्न सकेपनि लोडसेडिङ हट्न सक्छ, जुन लक्ष्य निर्माण शुरु भएका जलविद्युत आयोजना पुरा भए पनि पुरा हुन्छ तर जलविद्युत आयोजना मर्मत गर्नुपर्दा भविष्यमा बढ्ने मागलाई ध्यानमा राखेर दुई हजार मेघावाट भन्दा बढि विद्युत उत्पादनका लागि तत्काल काम अगाडी बढाउनु पर्छ यसको सोधी खोजी गरौ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: