प्रचण्डको सम्वोधनमा के छन् सरकारले बैदेशिक रोजगारको क्षेत्रमा १०० दिनमा गरेका उपलव्धी ?

काठमाडौं, कात्तिक २६
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले सरकारको एक सय दिनको उपलव्धीका बारेमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइरहेका छन् । यो समाचार तयार पार्दासम्म उनले विविध विषयलाई बुँदागत रुपमा उपलव्धीहरु प्रस्तुत गरे ।

प्रधानमन्त्री प्रचण्डका अनुसार वर्तमान सरकारको एकसय दिनभित्र बैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका परिवारलाई दिईंदै आएको ३ लाखलाई बृद्धि गरी ७ लाख पुर्याउन बैदेशिक रोजगार नियमावली संशोधनको गृहकार्य चलिरहेको छ । यसबीचमा बैदेशिक रोजगारमा ज्यान गुमाएका २ सय ६ जनाका परिवारलाई क्षतिपूर्ति स्वरुप प्रति परिवार रु ३ लाखका दरले रकम उपलव्ध गराइएको छ । यसैगरी २ सय शवलाई काठमाडौंबाट जिल्ला पुर्याउन यातायात सहयोग उपलव्ध गराइएको प्रधानमन्त्रीले जनाएका छन् ।

खाडीका देश र मलेसियामा राहदानी वितरणलाई सहज बनाउँदै शुल्कलाई ८० डलरबाट घटाएर ५० डलर बनाइएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन् । कतारको हमाद अस्पतालमा कोमामा रहेका १४ जना नेपाली मध्ये ५ जनालाई नेपाल फर्काइएको पनि प्रधानमन्त्रीले समेटेका छन् ।

कतारमा कागजातविहिन अवस्थामा रहेका नेपालीलाई कागजात बनाउन सघाउने उद्धेश्यले छुट्टै डेस्क स्थापना गरिएको र हालसम्म ६ सय ८३ जनाले त्यो सुविधा लिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् । यसैगरी कतारमा विभिन्न कारणबाट नेपालीले पाउनु पर्ने मध्ये २३ लाख भन्दा बढी कतारी रियाल बरावरको क्षतिपूर्ति रकम उपलव्ध गराइएको पनि प्रधानमन्त्री प्रचण्डको सम्वोधनमा समेटिएको छ ।

यो भिडियो हेर्नुहोस्   
 {source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय